• २०८१ बैशाख १३ बिहीबार

रोनाल्डो बिना पोर्चुगल क्रोसियासँग १-१ गोलको बराबरीमा, पेपेले गरे गोल 

kharibot

काठमाडौँ। विश्वकपको फाइनलमा पुगेर सबैको मन जितेको क्रोसियाले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगलविरुद्ध १-१ को बराबरीमा चित्त  बुझाएको छ। गएराति भएको मैत्रीपूर्ण खेलमा क्रिस्टियानो रोनाल्डो बिनाको पोर्चुगलले क्रोसियालाई १-१ गोलको बराबरीमा रोकेको हो।  

पोर्चुगलका लागि पेपेले गोल गरे भने क्रोसियाका लागि इभान पेरिसिकले गोल गरेका थिए।  पेपेले पोर्चुगलका लागि सयौ खेल खेल्दै सयौ खेललाई गोल गरेर स्मरणीय बनाएका छन्। 

खेलको १८औ मिनटमा क्रोसियाका पेरिसिकले गोल गर्दै सुरुवाती अग्रता लिएका थिए भने खेलको ३२औ मिनेटमा पेपेले गोल गर्दै खेल बराबरी गरेका थिए। 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै