• २०८१ बैशाख ८ शनिबार

नेइमार बने ब्राजिलका नियमित कप्तान

kharibot

काठमाडौँ । नेइमार ब्राजिलका नियमित कप्तान बनेका छन् । यस अघि खेल अनुसार कप्त्तान बनाउदै आएका ब्राजिल राष्ट्रिय टिमका म्यानेजर टिटेले अब नेइमारलाई नियमित कप्तान बनाएका छन् ।

पिएसजीबाट व्यावसायिक फुटबल खेल्ने नेइमार अब अमेरिकासँगको मैत्रीपूर्ण खेलदेखि ब्राजिलको नियमित कप्तान हुने भएका हुन् । ब्राजिल;ए आज राति अमेरिकासँग मैत्रीपूर्ण खेल खेल्दै छ ।

हालै सम्पन्न विश्वकपमा क्वाटरफाइनलमा बेल्जियमसँग पराजित भएर बाहिरिदा नेइमारसहित ब्राजिलियन टिमको कडा आलोचना भएको थियो । नेइमारले विश्वकपमा २ गोल गरेपनि उनी विपक्षी खेलाडीले छुनासाथ् लडेका कारण आलोचनाका पात्र बनेका थिए । लामो इन्जुरीबाट निस्किएर विश्वकप खेलेका नेइमार उनको मैदानको व्यवहारका कारण विश्वकप भर ट्रोल भएका थिए ।

नियमित कप्तान बनेपछि नेइमारले यो जिम्मेवारी आफुले स्वकारेको बताउदै यसले मलाई राम्रो हुने बताए। आफ्नो आलोचना बारे बोल्दै नेइमारले आफ्नो समस्या मिडिया र क्रिटिक्सले नबुझेको बताए । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै