• २०८१ बैशाख ८ शनिबार

आगामी सोमबार चार अर्ब २६ करोडको ट्रेजरी बिक्री गर्दे राष्ट्र बैंक

kharibot

काठमाडौं। नेपाल राष्ट्र बैंकले आगामी सोमबार चार अर्ब २६ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । राष्ट्र बैंकका अनुसार बोलकवोलको माध्यमद्धारा बैक तथा फाईनान्स कम्पनीहरुलाई उक्त परिमाणमा ट्रेजरी बिक्री गर्न लागिएको हो । 

जारी मिती २०७५ भदौ २६ गते तोकिएको उक्त ट्रेजरी खरिदको लागि सोमबार अपरान्ह तीन बजेसम्म आवेदन दिनुु पर्ने छ । राष्ट्र बैंकका अनुसार बिक्री गरिने कुुल टे«जरी मध्येमा ९१ दिने अवधिको दुुई अर्ब २६ करोड र तीन सय ६४ दिने अवधिको दुुई अर्ब रुपैयाँ रहेको छ । सो मध्ये ९१ दिने टे«जरीको परिपक्व हुने अवधि २०७५ मंसिर २५ गते रहेको छ भने तीन सय ६४ दिने अवधिको परिपक्व हुुने अवधि २०७६ भदौ २४ गते रहेको छ । 

यसअघि पनि राष्ट्र बैंकले यही भदौ १८ गते ९१ दिने अवधिको तीन अर्ब १३ करोड र एक सय ८२ दिने अवधिको पाँच अर्ब ५२ करोड ५० लाख रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै