• २०८१ बैशाख १३ बिहीबार

सरकार फुटबल होइन टी–२० क्रिकेट खेलिरहेको छ - कानुनमन्त्री ढकाल 

kharibot

काठमाडौं। कानुनमन्त्री भानुभक्त ढकालले फुटबल नभइ टी–२० क्रिकेट खेलिरहेको बताएका छन् ।  

नयाँ 'मुलुकी अपराध (संहिता) ऐन'ले प्रेसमा पारेको असरबारे अनलाइन पत्रकार संघले शुक्रबार राजधानीमा आयोजना गरेको  अन्तर्क्रिया कार्यक्रममा बोल्दै मन्त्री ढकालले यस्तो बताएका हुन् ।

सरकारका कमजोरीबारे भइरहेका आलोचनाको प्रतिरक्षा गर्दै मन्त्री ढकालले भने–‘सरकार एक गोल खाँदैमा हारिहाल्ने फुटबल खेल खेलिरहेको छैन्,  टी–ट्वीन्टी क्रिकेट खेलिरहेको छ, दुई–चार ओभर जाँदैमा हारिँदैन, आत्तिनु पर्दैन।’

सरकारको आयु लामो भएकाले प्रारम्भिक समयमा देखिएका कमी कमजोरीकै आधार सरकारको मुल्यांकन गर्न नहुने उनले बताए । अपराध संहिताका विषयमा सरकार कठोर नभएको र कमजोरी भए सच्याएर अघि बढ्न तयार रहेको मन्त्री ढकालले स्पष्ट पारे । 

उनले पत्रकारहरुलाई अपराध (संहिता) ऐनकाविरुद्ध आन्दोलन नगर्न आग्रह गरे । उनले भने–'ऐनमा भएको कमी कमजोरीबारे राज्यलाई कन्भिन्स गराउनतिर लाग्नोस सडकमा नउत्रिनोस्।' 

कार्यकममा उपस्थित सम्पादक र पत्रकारहरुले राज्यले जारी गरेको नयाँ मुलुकी ऐनका कारण आफूहरुमा मनोवैज्ञानिक त्रास उत्पन्न भएको गुनासो गरे। ऐनका कारण प्रेसले स्वतन्त्रपूर्वक लेख्न र अभिव्यक्ति राख्न पाउनेमा शंका उत्पन्न भएको भन्दै सरकारसँग त्यसलाई सच्याउन माग गरे । 

नयाँ ‘मुलुकी अपराध (संहिता) ऐन’को विरुद्धमा पत्रकारहरुले शुक्रबार २:३० बजे काठमाडौँको नयाँबानेश्वरमा प्रदर्शन गर्ने घोषणा गरेका छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै