• २०८१ बैशाख ६ बिहीबार

साताभर दुई अर्ब ८८ करोड रुपैयाँको सेयर खरिदबिक्री

kharibot

साताका प्रमुख सेयर सूचकांकहरु 

काठमाडौं । यो साता नेपाल स्टक एक्सचेन्जमा एक सय ९३ कम्पनीहरुको कारोबार भएको छ । जस अनुसार ३२ हजार दुई सय ८५ कारोबारबाट दुई अर्ब ८८ करोड ५४ लाख ९० हजार रुपैयाँ बराबरका एक करोड दुई लाख ५५ हजार छत सय ८० कित्ता सेयरहरु खरिद बिक्री भएका छन् ।

कारोबार रकम गत साताको भन्दा दुई सय ५९ दशमलव ३४ प्रतिशत बढी हो ।

गत साता एक सय ८० कम्पनीहरुको कारोबार भएको थियो । जस अनुसार ११ हजार सात सय ८८ कारोबारबाट ८० करोड ३० लाख सात हजार रुपैयाँ बराबरका २५ लाख ४२ हजार सात सय १० कित्ता सेयरहरु खरिद बिक्री भएका थिए ।

साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा ३९ दशमलव ४९ अंकले बढेर अन्तिम दिन १२ सय २९ दशमलव ७७ अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा आठ दशमलव ५५ अंकले बढेर दुई सय ६० दशमलव ३५ अंकमा आईपुगेको छ ।

यो साता कारोबार रकम २२ करोड ५० हजार रुपैयाँको आधारमा एनएमबि बैंक लिमिटेड सेयर अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार भएको सेयर संख्या छ लाख ६४ हजार कित्ता र कारोबार संख्या १५४६ वटाको आधारमा पनि एनएमबि बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । 

यो साता स्टकको कारोबार कक्ष नियमित कारोबारका लागि पाँच दिन खुला रह्यो । यो  साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रहरुको कुनै पनि कारोबार भएन । सुचीकरण तर्फ भने यो सता तीन वटा कम्पनीहरुको बोनस र हकप्रद सेयर सुचीकृत भएका छन ।

सातामा सर्वाधिक रकमको कारोबार भएको आधारमा एनएमबी बैंक, एनआईसी एसिया बैंक, नेपाल लाइफ इन्स्योरेन्स, कुमारी बैंक र नेपाल इन्भेष्टमेन्ट बैंक ५ ठूला कम्पनीहरुमा परेका छन् भने उनीहरुको क्रमशः २ करोड २० लाख, २ करोड ८ लाख, १ करोड ५० लाख, १ करोड २३ लाख र १ करोड २२ लाखको कारोबार भएको छ ।

यस्तै, सूचीकरणतर्फ भने यो साता ग्रिन डेभलपमेन्ट बैंकको हकप्रद ४० लाख कित्ता, एसियन लाइफ इन्स्योरेन्स कम्पनीको बोनस ४ लाख ८३ हजार कित्ता र प्रभु बैंकको हकप्रद २३ लाख कित्ता सेयर सूचीकृत भएको नेप्सेले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै