• २०८१ बैशाख ४ मंगलबार

काठमाडौँ महानगरमा बुद्धिको प्रतिस्पर्धा गराइँदै, भाग लिने होइन ! 

kharibot

काठमाडौं । काठमाण्डौँ महानगरपालिकाले बुद्धिहरुको प्रतिस्पर्धा गराउने भएको छ । काठमाडौँ महानगरलाई स्मार्ट सिटी बनाउने अवधारणाअनुसार बुद्धिहरुको प्रतिस्पर्धा गराउन लागिएको हो । 

काठमाडौँ महानगरको  व्यवस्थित सहरको योजनाअन्तर्गत काठमाण्डौँ महानगरपालिका सहरी योजना आयोगले यो अवधारणा ल्याएको हो  ।

खरीबोटसँग कुरा गर्दै काठमाडौँ महानगरका निर्देशन नमराज ढकालले  स्मार्ट सहरी प्रविधि प्रतिस्पर्धा २०७५ मा काठमाडौँ महानगरको समग्र विकासको लागि विभिन्न क्षेत्रका मानिसहरुलाई क्षमताको लागि आह्वान गरिने जानकारी दिए । विशेषगरी समुदाय तथा वातावरण, सहरी पूर्वाधार, महानगरीय सामुदायिक सेवा र महानगरको सार्वजनिक प्रशासन तथा व्यवस्थापन लगायतका चार क्षेत्रमा विभिन्न उपक्षेत्र बनाएर आइडिया आह्वान गरिनेछ ।

महानगरको समग्र विकासको लागि  फोहोरमैला व्यवस्थापन तथा वातावरण सुधार, विपत व्यवस्थापन तथा  दुर्घटना न्यूनीकरण,  धूलोधूवाँ, नदी प्रदूषण नियन्त्रण, सहरी कृषि तथा कौसीखेती, खाद्य सहरी प्रणालीलगायत महानगरको विकासकोृ लागि सम्पूर्ण विषयवस्तुमाथि व्यक्ति व्यक्तिबीच प्रतिस्पर्धा गराइन्छ  र आइडिया आइडियाबीच प्रतिस्पर्धा गराइन्छ र उत्कृष्टलाई पुरस्कृत समेत गरिन्छ र सर्वोकृष्ट आइडियालाई कार्यान्वयन गर्न महानगरले लगानी गर्ने प्रवृत्तिको भए महानगरले  र नभएर निजी क्षेत्रले गर्ने वातवरण बनाइन्छ ।

नयाँ सोचलाई उजागर गर्ने गरी यही आर्थिक वर्षमा नै बुद्धिहरुको बीच प्रतिस्पर्धा गराउने निर्देशक ढकालले बताए  ।

६/६ महिनाको अन्तरालमा गरिने बुद्धिको प्रतिस्पर्धा महानगरमा पहिलो पटक सुरु गर्न लागिएको हो । महानगरको विकासको यो गर्ने, त्यो गर्ने भनी सुझाव दिनेहरुले समेत टिम बनाएर प्रतिस्पर्धामा भाग लिन पाउनेछन्  ।

क्षमतालाई परिस्कृत गर्न तालिम समेत दिइनेछ । सेलेक्सन प्रक्रियामा आयोजक समिति र निर्णायकमण्डलले बुद्धिको छनोट गर्नेछन् । जहाँ बुद्धिको छनोट गर्दै ६ महिनाको अवधिमा राम्रो राम्रो आइडिया छनोट गदै २५ देखि २५ वटासम्म आइडिया छनोट गरिन्छ । जुन चाँडै सुरु गरिने ढकालले जानकारी दिए । 


 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै