• २०८१ बैशाख ८ शनिबार

चलचित्र 'जयभोले' लाई जगदम्बा सिमेन्टको साथ

kharibot

काठमाडौँ। जगदम्बा सिमेन्टले समयानुकुल र परिस्थिति अनुरुप आफ्ना ग्राहकहरु माझ आफुलाई भावनात्मक रुपमा प्रस्तुत गर्दै आईरहेको छ। विभिन्न कार्यक्रम, इभेन्ट र सामाजिक कार्यहरु मार्फत आफ्नो उपस्थिति जनाउदै आईरहेको कम्पनीले एस पटक भने फरक तरिकाबाट आफुलाई प्रस्तुत गरेको छ। जगदम्बा सिमेन्ट कला क्षेत्रमा आफ्नो उपस्थिति र समर्थन जाहेर गर्न नेपालीहरुको महान पर्व दशैंको पावन अवशरमा नेपालभर रिलिज हुन लागेको चलचित्र 'जयभोले' आधिकारिक रुपमा साथ दिएको छ। 

नेपालका दिज्गज चलचित्र निर्देशक अशोक शर्माद्वारा निर्देशित उक्त चलचित्रमा खारिएका अभिनेता सौगात मल्ल, खगेन्द्र लामिछाने र लोक प्रिय नायिका स्वस्तिमा खड्काले अभिनय गरेका छन । कमेडी प्रेम कथामा आधारित “जयभोले“ मा लोक प्रिय हास्यकलाकार राजाराम पोडेलको हास्यरस भरपुर मात्रामा देखाइएको छ । जगदम्बा सिमेन्टको यो समर्थनले नेपाली चलचित्र क्षेत्रको विकासमा केहि मात्रामा भए पनि योगदान पुग्ने विस्वास कम्पनीले जनाएको छ ।

विगतमा पनि यस्ता प्रकारका समर्थनहरु गर्दै आएको जगदम्बा सिमेन्टले नेपाली चलचित्रको स्तरोन्नतिमा रचनात्मक भूमिका खेलेको र भविश्यमा पनि यस्ता कार्यहरुलाई निरन्तर अघि बढाउने कुरा कम्पनीले उल्लेख गरेको छ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै