• २०८१ बैशाख १३ बिहीबार

नेपाली सेनाले गर्यो प्रधानसेनापति क्षत्रीको बिदाई, सैनिक मञ्च टुँडिखेलमा बग्गीमा घुमाइयो 

kharibot

तस्बीर : नेपाली सेना

काठमाडौँ। नेपाली सेनाले सेवा निवृत्तिको क्रममा रहेका प्रधानसेनापति राजेन्द्र क्षत्रीको सम्मानमा इज्जत अर्पण कवाज प्रस्तुत गरेको छ । 

सैनिक मञ्च टुँडिखेलामा शुक्रबार साँझ आयोजित समारोहमा प्रधानसेपति क्षत्रीले उक्त इज्जत अर्पण कवाजको निरीक्षण समेत गरेका थिए । उनको सम्मानमा आयोजना गरिएको कवाज प्रदर्शनीमा शार्दुलजङ्ग गुल्म, राजदल गण, गोरखबहादुर गण, जगदल गण, गोरखकाली गण, क्याभलरी र सैनिक ब्याण्ड सैनिक टोली सहभागी थिए । 

सो अवसरमा राष्ट्रिय गीतका धुनका साथै नेपालको विभिन्न भेगको रहन सहन र वेषभूषा झल्कने गीत र नृत्य प्रस्तुत गरियो । प्रधानसेनापति क्षत्री शनिबारदेखि सेवा निवृत्त हुदै छन् । प्रधानसेनापति क्षत्री र उहाँकी धर्मपत्नीलाई सैनिक मञ्च टुँडिखेलबाट सैनिक मुख्यालयभित्र रहेको सभामण्डपसम्म बग्गीमा लगिएको थियो । 

सेवा निवृत्त हुन लागेका प्रधानसेनापतिको औपचारिक बिदाइ सैनिक मञ्च टुँडिखेलबाट हुने चलन नेपाली सेनाले यो वर्षबाट शुरु गरेको हो । यसअघि सैनिक मुख्यायलभित्र बिदाइ कार्यक्रम गर्ने चलन थियो । 

सैनिक मञ्चको कार्यक्रममा कामु प्रधानसेनापति पूर्णचन्द्र थापा, पूर्व सेनापति, सुरक्षा निकायका उच्च पदस्थ अधिकृत सहभागी थिए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै