• २०८१ बैशाख ७ शुक्रबार

फेरिनेछ एउटा युग (कविता) 

kharibot

म एउटा सिङ्गो युग हुँ 
जहाँ संसार बदल्ने मुटु छ 
सबै परिवर्तन भएर जानेछन् 
बद्लिनेछ अनायास सृष्टिको नियम 
झरीपछिको आकाशझैं 
खुलेर हाँस्नेछ मौसम 
प्रकृतिले पनि हतार -हतार गर्नेछ 
एउटा नयाँ दिन देख्नको लागि 
हो यस्तो दिन आउनेछ 
सबै मानव हृदयमा पवित्रता छाउनेछ 
त्यसको लागि ,
आउ अब नयाँ क्रान्ति गरौं 
पवित्र क्रान्ति पवित्र ठाउँबाट नै 
कति धेरै  संघर्ष  गर्नुपर्यो 
देशमा बसेर शान्तिको लागि 
युद्ध लड्नुपर्यो क्रान्तिकारी बन्नुपर्यो 
अब,
मनमनै संकल्प लिउँ 
देशमा नयाँ परिवर्तन हुदैछ 
शिक्षित बन्नेछन् भ्रस्टाचार हट्नेछ 
भ्रष्ट मनुष्यहरुको छाँया हटेर जानेछ 
मेरो देशमा झलमल  बत्ति बल्नेछ 
मत एउटा युद्दा हुँ नयाँ युगको 
यो मुटुभित्र संसार बदल्ने साहस छ 
फेरिनेछ सबै - सबै 
मान्छेका अहम् र निच सोचहरु 
सबै मानव जातिहरुमा 
प्रेम आत्मीयता भाइचारा बढेर जानेछ 
यो युगले खोजिरहेको छ 
नयाँ परिवर्तन नयाँ क्रान्तिको 
आशा गरिरहेको  छ त्यसैले म भन्दैछु 
यतिखेर एकदिन त अवश्य
 फेरिनेछ एउटा युग ।।

 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै