• २०८१ बैशाख १२ बुधबार

साफ च्याम्पियनसिपमा बंगलादेशलाई जित्नैपर्ने दबाबमा नेपाल, यस्तो छ सेमिफाइनलको अंकगणित 

kharibot

काठमाडौँ। साफ सुजुकी कप फुटबलको १२औं संस्करणमा नेपालले आज समुह चरणको अन्तिम खोलको रुपमा आयोजक बंगलादेशको सामना गर्दै छ। नेपाल दुई खेलमा एक हर र एक जित सँगै यो खेलमा जित्ने पर्ने दबाब रहेको छ भने बंगलादेशले यस अघिका दुवै खेल जितेर मनोवैज्ञानिक रुपमा दबाबबिहिन रहेको छ । 

साँझ ६:४५ मा बंगलादेशको बंगबन्धु स्टेडियममा सुरु हुने यस खेलमा नेपाल सेमिफाइनलमा पुग्न जित्ने पर्ने दबाबसहित मैदानमा उत्रिदै छ । 

अहिलेसम्म समुह ए मा बंगालदेश ६ अंकसहित शिर्ष स्थानमा रहेको छ भने नेपाल र पाकिस्तानको बराबर ३-३ अंक भएपनि गोल अन्तरका आधारमा नेपाल दोस्रो र पाकिस्तान तेस्रो स्थानमा रहेको छ। अजै हुने पाकिस्तान र भुटानबीचको खेलमा भुटानले पाकिस्तानलाई ३ गोल भन्दा कमको अन्तरमा पराजित गरेमा भने नेपालको सेमिफाइनल यात्रा सहज हुने छ तर पाकिस्तानले जितेमा भने नेपालले बंगलादेशलाई पराजित गर्नु पर्ने हुन्छ। यस अवस्थामा नेपालले बंगलादेशलाई पराजित गरेर मात्र पनि नेपालको सेमिफाइनल यात्रा तय नहुन सक्ने देखिएको छ।  किनकी त्यस अवस्थामा गोल अन्तर निर्णायक हुने छ । त्यति बेला नेपालले बंगलादेशलाई कति गोल अन्तरले पराजित गर्छ र पाकिस्तानले भुटानलाई कति गोल गर्छ भन्ने आधारमा नै सेमिफाइनलमा पुग्ने देशको टुंगो लाग्ने छ। अहिलेसम्म नेपाल र बंगलादेशको गोल अन्तर ३-३ रहेको छ भने पाकिस्तानको शुन्य रहेको छ ।

समुह ए को अंक तालिका :

नेपाल र बंगलादेशबीच अहिलेसम्म १८ पटक खेल भएका छन् जसमा बंगलादेशले नेपाललाई १२ पटक जितेको छ भने नेपालले ५ पटक जित हासिल गरेको छ।  एक खेल बराबरीमा सकिएको छ।  अन्तिम पटक  नेपालले बंगलादेशसँग सन् २०१३ को साफ च्याम्पियनसिपमा खेलेको खेल नेपालले २-० ले जितेको थियो। नेपाल र बंगलादेशबीच सन् १९८४ मा भएको साफ खेलम नेपाल दुई पटक ५-० गोल अन्तरले पराजित भएको नै अहिलेसम्मको बंगलादेश विरुद्धको ठुलो अन्तरको हार हो। भने सोहि साफ खेलमा नेपालले बंगलादेशलाई ४-२ गोल अन्तरले पराजित पनि गरेको थियो।

तुलनात्मक रुपमा कमजोर भएपनि भुटानविरुद्ध जित हासिल गरेर नेपाल विजयी लयमा देखिएको छ।  कोच बालगोपाल महर्जनले अन्तत: राम्रो कम्बिनेशनको प्लेइङ इलेभेन भुटानविरुद्धको  सफल भएका थिए।  सुनिल बलले दुवै खेलमा प्रभावित गरेका छन् भने रोहित चन्द सधै जस्तै महत्वपूर्ण भूमिकामा देखिएका छन्।  नेपालले बंगलादेशविरुद्ध जित्न बिमल घर्तिमगरले फिनिसिङमा ध्यान दिनुपर्ने देखिन्छ। पाकिस्तानविरुद्ध कमजोर देखिएको डिफेन्स भुटानविरुद्ध केहि खेलाडी परिवर्तन गर्दा बलियो बनेको देखिएको छ।    

समुह बि बाट भारत सेमिफाइनलमा पुगिसकेको छ बहने भोलि भारत र माल्दिभ्सबीच हुने खेलबाट दोस्रो सेमिफाइनलमा पुग्ने देशको टुंगो लाग्ने छ।  माल्दिभ्स रश्रीलंका बीच शुक्रबार भएको खेल बिना कुनै गोल बराबरीमा सकिए पछि दुवैले एक एक अंक बाडेका छन् भने अब भारत र माल्दिभ्ससँगको खेलले दोस्रो सेमिफाइनल देशको टुंगो लाग्ने भएको छ।  
प्रतियोगिता भदौ १९ देखि ३० गतेसम्म चल्नेछ । प्रतियोगितामा आयोजक बङ्गलादेशसहित भूटान, भारत, माल्दिभ्स, नेपाल, पाकिस्तान र श्रीलङ्काले प्रतिस्पर्धा गर्नेछन् । नेपालसहित बङ्गलादेश, पाकिस्तान र भूटान समूह ‘ए’मा तथा भारत, माल्दिभ्स र श्रीलङ्का समूह ‘बी’ मा छन् । 

खेल तालिकाअनुसार प्रतियोगिताको सेमिफाइनल खेल सेप्टेम्बर १२ र फाइनल खेल सेप्टेम्बर १५ मा हुने छन् ।      
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै