• २०८१ बैशाख १३ बिहीबार

मैत्रीपूर्ण खेलमा अमेरिकामाथि ब्राजिलको सहज जित, फिर्मिनो र नेइमारले गरे गोल 

kharibot

काठमाडौँ।  मैत्रीपूर्ण खेलमा ब्राजिलले अमेरिकालाई पराजित गरेको छ।  शनिबार बिहान अमेरिकामा भएको खेलमा ब्राजिलले अमेरिकालाई २-० ग्ल अन्तरले पराजित गरेको छ। 

ब्राजिलको जितमा लिभरपुलबाट खेल्ने रोबोर्ट फिर्मिनो र कप्तान नेइमारले गरेका थिए। खेलको ११औ मिनेटमा गोल गर्दै फिर्मिनोले ब्राजिललाई सुरुवाती अग्रता दिलाएका थिए। त्यस्तै खेलको ४३औ मिनेटमा ब्राजिलले पाएको पेनाल्टीलाई नेइमारले गोल गर्दै ब्राजिलको अग्रता दोब्बर पारेका थिए। त्यसपछि खेलमा कुनै गोल भएन र खेल ब्राजिलले २-० ले जित्यो। 

विश्वकपमा क्वाटरफाइनलबाट बाहिरिएपछि ब्राजिल पहिलो खेल खेलेको छ। यस खेलबाट ब्राजिलका लागि नेइमर ब्राजिलको नियमित कप्तान पनि बनेका छन्। यस अघि खेलै पिच्छे कप्तान परिवर्तन गर्ने ब्राजिलका म्यानेजर टिटेले नेइमारलाई यस खेलदेखि नियमित कप्तान बनाएका हुन्। 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै