भ्रम (कविता)  

खरीबोट

अर्जुन दाहाल

भ्रम,
नितान्त भ्रम,
म भ्रममा अलमलिएको छु,
यहाँ शब्द अनेकार्थी छन,
अक्षर अनेकार्थी छन,
सामाजिक संजालबाट टाढा,
ईन्टरनेटमा पनि भ्रम छ,
के सहि रु के गलत ?,
यहाँ उत्तर दिन आवश्यक कोहि ठान्दैन,
न त प्रश्ननै बुझाउन,
मैले सहि बुझिरहेको छु कि गलत,
मलाई त्यो पनि थाहा छैन,
तर म अशावादी छु,
कसैले मलाई संक्षिप्तमा बुझाउँछ,
अनि हट्नेछन भ्रमहरु,
निस्किनेछ्न उपायहरु,
म खोजीरहेको छु उत्तर, गल्ती कसको ?
बुझ्न नसक्ने म कि बुझाउन नसक्ने प्रहरी प्रशासन ?
कि कहिलेकाही स्कुटरमा पिप-पिप पार्दै,
हर्न बजाउँदै दर्शन दिने विद्वानको ?
र पुन भ्रमलाई अँगाल्दै,
म टोलाउँछु आफ्ना भ्रमित दिनहरु प्रति,
सधैंजस्तै,
आजपनि 
 

सम्बन्धित समाचार

तिहार आयो 

झिलीमिली बत्ति बलेको  कस्तो राम्रो देखिएको  सयपत्री र मखमली  ढकमक फुलेर  प्रकृतिलाई कति सुन्दरता  बढाएको छ  कस्तो राम्रो मौसम  कस्तो राम्रो वातावरण  आहा ! सबैको घर आँगनमा  तिहार आयो  यतिखेर आफ्नै घरको बरन्डामा बसेर  तिहारको मजा लिइरहेको छु छिमेकीको घरमा  देउसीभैलो खेलीरहेका छन्  रमाइरहेका

दशैँ (कविता)

खेल्दिन्छु दशैँमा पिङ रात्री कुकुरको रुवाई संगीत लाट्कोसेरो र हुच्चिलको शब्द संयोजनमा अभावको छिद्र बाँसुरी बजाउँदै उघ्दै ब्युँझिदै गाउँदा गाउँदै समय चिप्लिसकेछ कालो समयको बुई चढेर फेरि आयो दशैँ ! गरिबी चराउँदा चराउँदै पोहोर साल मरेका चाडपर्वको वर्षदिने खर्च जुम्ल्याहा

मुक्तिको गीत (कविता)

जसरी छाँगाबाट छङ्छङ खस्नुमा झरनाले जीवनको सौन्दर्यशास्त्र भेट्छ, त्यसरी काँधमा भिरेको बन्दुकको नालबाट उनीहरु जीवनकै सबसे प्रीय गीत सुसेल्छन् ! जसरी रावणको  पूरा लङ्का ध्वस्त बनाउँन आगोको एक फिलिङ्गो नै काफी हुन्छ, त्यसरी नै तिम्रो साम्राज्यमा

दशैको सम्झनामा (कविता)  

मेरि प्रकृति पनि  कति सुन्दर देखिएकी छिन्  कतै धानका बाला झुलेका छन्  कतै मखमली र सयपत्री  फुल्न लागेका छन्  कस्तो राम्रो बाताबरण  कस्तो स्वास्थ र निर्मल हावा  मान्छेहरू कति खुसी देखिएका  सबैको मनमा उत्साह र  उमंग छाएको छ यो


z