• २०८१ बैशाख ७ शुक्रबार

भ्रम (कविता)  

kharibot

अर्जुन दाहाल

भ्रम,
नितान्त भ्रम,
म भ्रममा अलमलिएको छु,
यहाँ शब्द अनेकार्थी छन,
अक्षर अनेकार्थी छन,
सामाजिक संजालबाट टाढा,
ईन्टरनेटमा पनि भ्रम छ,
के सहि रु के गलत ?,
यहाँ उत्तर दिन आवश्यक कोहि ठान्दैन,
न त प्रश्ननै बुझाउन,
मैले सहि बुझिरहेको छु कि गलत,
मलाई त्यो पनि थाहा छैन,
तर म अशावादी छु,
कसैले मलाई संक्षिप्तमा बुझाउँछ,
अनि हट्नेछन भ्रमहरु,
निस्किनेछ्न उपायहरु,
म खोजीरहेको छु उत्तर, गल्ती कसको ?
बुझ्न नसक्ने म कि बुझाउन नसक्ने प्रहरी प्रशासन ?
कि कहिलेकाही स्कुटरमा पिप-पिप पार्दै,
हर्न बजाउँदै दर्शन दिने विद्वानको ?
र पुन भ्रमलाई अँगाल्दै,
म टोलाउँछु आफ्ना भ्रमित दिनहरु प्रति,
सधैंजस्तै,
आजपनि 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै