• २०८१ बैशाख १४ शुक्रबार

महेन्द्र बहुमुखी क्याम्पसका अलपत्र भवन निर्माण गरिने

kharibot

बाँके । चौध वर्षदेखि निर्माण अलपत्र छाडिएको महेन्द्र बहुमुखी क्याम्पसका दुई भवनको आगामी महिनादेखि निर्माण गरिने भएको छ ।

क्याम्पसको सक्रियता र नेपालगञ्ज उपमहानगरपालिकाको आर्थिक सहयोगमा जीर्ण बन्दै गएका स्नातकोत्तरको कक्षा र छात्रावास भवन असोजदेखि निर्माण शुरू गर्ने तयारी भइरहेको क्याम्पस प्रमुख गणेश रेग्मीले जानकारी दिए ।

“उपमहानगरपालिकाले भवन निर्माणका लागि रु ५० लाख विनियोजन गरेको छ । प्राविधिक लागत अनुमान तयार भइसकेको छ,” उहाँले भन्नुभयो, “अबको १५÷२० दिनमा निर्माणको प्रक्रिया अघि बढ्छ ।”

उक्त भवन निर्माणमा १४ वर्षअघि भारतीय राजदूतावासले आर्थिक सहयोग गर्ने सहमति गरेको थियो । क्याम्पस प्रमुख रेग्मी भने, “सम्झौताबमोजिमको सहयोग प्राप्त हुन सकेन र निर्माण पनि अलपत्रै भयो ।” उक्त दूतावासले रु दुई करोड ९८ लाख ९६ हजार ८३४ सहयोग गर्ने गरी सम्झौता गरे पनि रु ४३ लाख मात्रै तत्कालीन उपमहानगरपालिकाको खातामा पठाएको थियो ।

दूतावासबाट आएको रु ४३ लाखमध्ये अहिले पनि करीब रु ३० लाख बचत रहेको र उपमहानगरले रु ५० लाख विनियोजन गरेकाले आगामी महिनादेखि निर्माणको काम शुरू गरिने उनले बताए । भवनसमेत जीर्ण भइसकेको र निर्माण थालिएका भवन अधुरा रहेकाले पठनपाठनमा समस्या भएको प्रमुख रेग्मीको भनाइ थियो । शुरूमा गोर्खा बडिमालिका जेबीले विसं २००८ मा काम सम्पन्न गर्ने गरी ठेक्का लिएको थियो । बीस महिनामा काम सक्ने सम्झौता गरेको बडिमालिकाले तोकिएको मितिमा आधा काम पनि गर्न नसकेको उनको भनाइ थियो ।

उक्त निर्माण कम्पनी अहिले पनि कालोसूचीमा परेको र त्यसपछि भवन निर्माणका लागि जिम्मेवारी लिएको नरसिंह-कालापानी जेवीले समेत सम्झौताअनुसार काम नगरेका कारण अहिलेसम्म भवनको निर्माण अधुरै छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै