सुरेन्द्रले ल्याए ‘भूमे दर्पण’

खरीबोट

काठमाडौं–माओवादी जनयुद्धको उद्गमथलो मानिएका रोल्पा–रुकुममा स्थापित ‘गुरिल्ला पदमार्ग’ प्रवद्र्धन गर्दै आएका पर्यटनविज्ञ सुरेन्द्र रानाले ‘भूमे दर्पण’ पुस्तक सार्बजनिक गरेका छन् ।

उनको पुस्तकले रुकुम (पूर्व)को भूमे गाउँपालिकाको पर्यटकीय चिनारी दिएको छ । पुस्तकमा गाउँपालिकाको प्राकृतिक, सांस्कृतिक युद्ध पर्यटन सम्बन्धी सामाग्री सचित्र पस्किएको छ । रंगीन कलेवरमा प्रकाशित पुस्तकमा पर्यटकीय नक्सा समेत समाबेश गरिएको छ ।  

‘सिंगो गाउँपालिकालाई एकै झमटमा बुझ्न सजिलो होस् भनेर’, राना भन्छन्, ‘भूमे दर्पण लेखिएको हो । निःशुल्क वितरण गरिने पुस्तकबाट गुरिल्ला पदमार्गको प्रवद्र्धनमा टेवा पुग्नेछ ।’ 

पुस्तक गाउँपालिकाले प्रकाशन गरेको हो । उसले पुस्तकसहित तीनवटा वृत्तचित्र निर्माण गरेको छ । हालै काठमाडौंमा आयोजित कार्यक्रममा प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महरा र पर्यटन मन्त्री रविन्द्र अधिकारीबाट पुस्तक र वृत्तचित्र सार्बजनिक गरिएको थियो ।  

भूमेलाई युद्ध पर्यटन गन्तव्यका रुपमा विकास गरिने गाउँपालिकाका अध्यक्ष रामसुर बुढा बताउँछन् । ‘हाम्रो गाउँपालिका प्राकृतिक तथा साँस्कृतिक हिसाबले समेत समृद्ध छ तर’, बुढा भन्छन्, ‘मुलतः हामीले युद्ध पर्यटनमै जोड दिएका छौं ।’ 
 

सम्बन्धित समाचार

पुस्तकमा भन्सार युनेस्कोको नियम विपरीत

काठमाडौँ । पहिलो पटक भारतबाट आयात हुने गरेका सबै प्रकृतिका पुस्तकमा १० प्रतिशत भन्सार महसुल लागू हुने भएको छ । आगामी आर्थिक वर्षको साउन १ गतेबाट १० प्रतिशत भन्सार महसुल

पत्रकार पन्थीको पुस्तक कम्पनको दोश्रो संस्करण सगरमाथामा बिमोचन 

काठमाडौँ । अमेरिकाको न्यूयोर्कलाई कर्मभूमि बनाउदै आएका पत्रकार किशोर पन्थीको पुस्तक कम्पनको दोश्रो संस्करण सगरमाथाबाट बिमोचन गरिएको छ । सगरमाथा आरोही कामीरिता शेर्पाले २४ औं पटक सगरमाथा आरोहणका क्रममा कम्पनको बिमोचन

र्यालीसँगै सवारी चालक अनुमती–पत्र सम्बन्धी पुस्तक बाँडियो

बारा । प्रदेश नम्बर २ ट्राफिक प्रहरी कार्यालय पथलैया बाराको आयोजनामा ट्राफिक सचेतना र्याली तथा सवारी चालक अनुमती–पत्र सम्बन्धी पुस्तक बितरण गरिएको छ । ‘यु.एन. ग्लोबल रोड सेफ्टी विक’ का अवसरमा

नरहरि आचार्यको बन्दी वृत्तान्त ‘गणतन्त्रको यात्रा’ सार्वजनिक

काठमाडौँ । नेपाली काँग्रेसका नेता नरहरि आचार्यको बन्दी वृत्तान्तमा आधारित ‘गणतन्त्रको यात्रा’ पुस्तकले समग्र देशको गणतान्त्रिक आन्दोलनको सकसपूर्ण यात्रा समेटेको साहित्यकार, राजनीतिक विष्लेषक तथा अधिकारकर्मीले औँल्याएका छन् ।  राजधानीमा उक्त पुस्तकको


z