• २०८१ बैशाख ११ मंगलबार

नेपालले अष्ट्रेलियामा हुने टि-२० विश्वकपको छनौट खेल खेल्ने, यस्तो छ खेल तालिका  

kharibot

काठमाडौँ। सन् २०२० मा अष्ट्रेलियामा आयोजना हुने टि-२० विश्वकपको पूर्वी एशिया उप-क्षेत्रिय छनौट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । टि-२० विश्वकप २०२० अक्टोबर १८ बाट अष्ट्रेलियामा आयोजना हुनेछ ।

यसैबीच नेपाल सहभागी हुने एसियाको पूर्वी उप-क्षेत्रिय छनौट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । नेपालसहित एसियाको उप-क्षेत्रिय छनौटमा मलेसिया, भुटान, म्यान्मार, चीन, सिंगापुर र थाईल्याण्ड रहेका छन् । यस उप-क्षेत्रबाट शिर्ष ३ देश एसियाली क्षेत्रीय छनौट प्रतियोगिताका लागि अगाडी बढ्नेछन् । एसियाली क्षेत्रीय छनौट प्रतियोगिताका लागि पश्चिमको उप-क्षेत्रबाट युएई, कुवेत र कतार छनौट भैसकेका छन् ।

नेपाल सहभागी हुने एसियाको पूर्वी उप-क्षेत्रिय छनौट प्रतियोगिता मलेसियामा आगामी ३ अक्टोबरबाट सरु हुनेछ । प्रतियोगितामा सबै टोलीले एक अर्कासँग खेल्नु पर्नेछ । नेपालले आफ्नो पहिलो खेलमा अक्टोबर ३ मा म्यान्मारसँग खेल्ने छ । यस्तै दोस्रो खेल मलेसियासँग अक्टोबर ६ मा, तेस्रो खेल अक्टोबर ७ मा थाइल्याण्डसँग, चौथो खेल अक्टोबर ९ मा भुटानसँग, पाँचौ खेल अक्टोबर १० मा चीनसँग र अन्तिम तथा छैठौं खेल अक्टोबर १२ मा सिंगापुरसँग खेल्ने भएको छ ।

आईसीसीले क्रिकेटमा सहभागिता व्यापक बनाउने नीति रणनिति अनुसार टि-२० विश्वकपमा कुल ६२ देशले उप-क्षेत्रिय छनौट प्रतियोगितामा सहभागिता जनाउने भएका छन् । ६२ देशबाट २५ देशले क्षेत्रिय छनौटको फाइनल चरणमा स्थान बनाउने र क्षेत्रिय छनौटपछि शिर्ष ७ देह्स छनौट प्रतियोगिता खेल्ने आइसीसीले जनाएको छ ।

पूर्वी र पश्चिमी क्षेत्रको छनौटबाट छानिएका ३-३ देशले क्षेत्रीय छनौट प्रतियोगिता खेल्नेछन् जसबाट उत्कृष्ट २ टिमले टि-२० विश्वकपको ग्लोबल छनौट खेल्नेछन् । 

विश्वकपका लागि ग्लोबल छनौटमा आईसीसीको वरियतामा २०१८ डिसेम्बरसम्म ११ देखि १६ नम्बरमा रहेका टिम र बिभिन्न क्षेत्रबाट उत्कृष्ट भएर आएका ८ टिमले गरि कुल १४ टिमले प्रतिस्पर्धा गर्नेछन् । 

आईसीसीको टि-२० वरियतामा उत्कृस्ट ९ टिम र आयोजक अस्ट्रेलिया गरि १० टिम टि-२० विश्वकप खेल्न स्वतः छनौट हुनेछन् भने ग्लोबल टि-२० विश्वकप छनौटबाट उत्कृस्ट ६ टिम गरि कुल १६ टिम टि-२० विश्वकप खेल्ने छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै