• २०८१ बैशाख ८ शनिबार

मेसी बिना ग्वाटेमालाविरुद्ध अर्जेन्टिनाको सहज जित, साइमिओनेका छोराले गरे डेभ्यु गोल 

kharibot

काठमाडौँ।  मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले ग्वाटेमालालाई पराजित गरेको छ।  स्टार खेलाडी लियोनेल मेसी बिना खेलेको अर्जेन्टिनाले ग्वाटेमालालाई ३-० गोल अन्तरले पराजित गरेको हो।

मेसी नखेलेको खेलमा अर्जेन्टिनाका लागि जियोभानी साइमिओने र गोञ्जालो मार्टिनेजले डेभ्यु खेलमा गोल गरेका छन्। त्यस्तै एक गोल जिओभानी केल्सोले गरेका थिए। जियोभानी साइमन अर्जेन्टिनाका पुर्व खेलाडी तथा हाल एथलेटिको म्याड्रिडका प्रशिक्षक डिएगो साइमिओनेका छोरा हुन्। 

विश्वकपमा खराब प्रदर्शनपछि म्यानेजर जोर्ज साम्पोलीको ठाउमा आएका अन्तरिम प्रशिक्षक लियोनेल स्क्यालोनीले यस खेलमा नयाँ खेलाडीलाई मौका दिएका थिए।  उनको त्यो प्रयोग सफल भएको छ। यस खेलमा माउरो आइकार्डी, पाओलो डिबाला बेञ्चमै रहेका थिए भने साइमिओने, मार्टिनेज, एक्सक्वुवेल पालसिओस र गोल किपर जिरोनिमो रुल्लीले यस खेलमा खेलेका थिए। 

अर्जेन्टिनाले आगामी मंगलबार दक्षिण अमेरिकी प्रतिद्वन्दी कोलोम्बियासँग मैत्रीपूर्ण खेल खेल्दै छ। 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै