• २०८१ बैशाख ८ शनिबार

अल्टिच्युड एयरको हेलिकप्टरमा पाइलटसहित ७ जना यात्रु रहेको पुष्टि, एक जना जापानी नागरिक  

kharibot

फाइल तस्बीर

गोरखा। दुर्घटनाग्रस्त भएको भनिएको अल्टिच्युड एयरको हेलिकप्टरमा एक जना पाइलटसहित ७ जना यात्रु रहेको पुष्टि भएको छ । 

मनास्लु क्षेत्रको भ्रमणबाट काठमाडौं फर्कँदै गरेका पर्यटक बोकेको हेलिकप्टरमा ५ जना नेपाली, १ जना जापानी नागरिक भएको विमानस्थल स्रोतले जानकारी दिएको छ। 

गोर्खाको सामागाउँबाट बिहान ७ बजेर ४० मिनेटमा उडेको त्यो हेलिकप्टर धादिङ र नुवाकोटको सीमा क्षेत्र म्यागङमा दुर्घटनामा परेको अपुष्ट रिप्रोत प्राप्त भएको छ। 

हेलिकप्टरमा जापानी नागरिक हिरोमी कोमात्सु, पाइलट निश्चल केसी, रामेछापका दिल्लीबहादुर गुरुङ, दोलखाका हिरा शेर्पा, गोरखाका आनी डोल्मा डिकी र छोवाङ नुर्बु र सिन्धुपाल्चोकका सुनिल तामाङ रहेको त्रिभुवन विमानस्थल स्रोतले जानकारी दिएको छ।

हेलिकप्टरमा रहेका यात्रुकाे अवस्थाको बारेमा स्पष्ट जानकारी प्राप्त भएको छैन। 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै