खोजीको क्षेत्रमा गूगलले कसरी आधिपत्य जमायो ?

खरीबोट

तपाईंलाई यदि कुनै प्रश्नको उत्तर आएन, केही सन्देह भयो अथवा कुनै विषयको बारेमा धेरै जानकारी चाहियो भने के गर्नुहुन्छ ? धेरैजसोको उत्तर हुन सक्छ ‘गूगल’ ।

अहिले गूगल हाम्रो दैनिक जीवनको एक अङ्ग नै भइसकेको छ । इन्टरनेटमा संलग्न कतिपयले यसलाई आफ्नो साथी मान्छन् भने कतिपयले त यसलाई गुरु नै ठान्दछन् । यही हप्ता गूगलले २० वर्ष पूरा गर्यो । पछिल्लो समय गूगल इन्टरनेटको राजा बन्न सफल भएको छ ।

गूगलभन्दा अगाडि पनि धेरै सर्च इन्जिनहरू थिए । ती सर्च इन्जिनको पनि मानिसहरूले धेरै प्रयोग गरे । तर गूगलको अगाडि कुनै पनि टिक्न सकेनन् ।

सन् १९९८ सेप्टेम्बर ४ मा ल्यारी पेज र सर्जे ब्रिनले जानकारीहरूलाई एकै ठाउँमा जम्मा गर्न एक प्रोजेक्ट सुरु गरे । यही प्रोजेक्टको सहायताले उनीहरूले पछि सफलताको शिखर छोए । अहिले गूगललाई हरेक दिन लाखौं प्रश्न सोधिन्छन् र यसका संस्थापक अर्बौं डलरको मालिक बनेका छन् ।

अहिले मानिसहरूलाई गूगलभन्दा अगाडि कुनै सर्च इन्जिन थियो भन्ने थाहा नै छैन अथवा भुलिसके । तर, कतिपय सर्च इन्जिन गूगलभन्दा अगाडि स्थापित भएर सफल बनेका पनि थिए । तीमध्ये केही यसप्रकार छन् :

वेब क्रोलर

वेब क्रोलर संसारकै पहिलो सर्च इन्जिन हो । यसमा सबै शब्दलाई एकैपटक लेखेर खोजी गर्न सकिन्थ्यो । गूगलभन्दा धेरै वर्ष अगाडि यसको निर्माण गरिएको थियो । यसको अहिले पनि प्रयोग हुन्छ । गूगलले पनि यसमा भएका जानकारीलाई आफूले प्रयोग गर्ने गरेको उल्लेख गरेको छ । यसको निर्माण वाशिङ्टन विश्वविद्यालयका एक छात्र ब्रायन पिङ्कर्टनले गरेका थिए । यो अहिले इन्फोस्पेस नामक कम्पनीको अधीनमा छ ।

लिकोस

सन् १९९५ मा अमेरिकामा स्थित कार्नेगी मेलन विश्वविद्यालयले लिकोस नामक एक रिसर्च प्रोजेक्टको सुरुवात गर्यो । यसलाई टेरा नामक एक कम्पनीले किनेको थियो । अहिले यसलाई भारतीय अनलाइन मार्केटिङले खरीद गरेको छ । यो सन् १९९९ मा सबैभन्दा बढी प्रयोग हुने वेबसाइट थियो ।

हाइ भ्यू

सन् १९९५ मा अल्टाभिस्टा नामक एक सर्च इन्जिनको निर्माण गरियो । गूगल आइसकेपछि सबैभन्दा धेरै नोक्सान यही कम्पनीलाई भयो । यो अन्य वेबसाइटभन्दा फरक र सबैभन्दा छिटो थियो । तर, गूगल त्योभन्दा राम्रो भएर देखा प¥यो र बजारलाई आफ्नो अधीनमा लियो । याहुले सन् २००३ मा यसलाई किनेको थियो, तर १० वर्ष पछि यो साइट बन्द गर्न याहु बाध्य भयो ।

एक्साइट

एक्साइट सन् १०९५ मा बजारमा आएको हो । यो ९०को दशकमा अमेरिकाको सबैभन्दा मन पराइएको साइट थियो । तर, २०औं शताब्दीको अन्त्यसँगै यसको पतन सुरु भयो ।

याहु

याहुले सफलता प्राप्त गरेको थियो । तर, यसका संस्थापकले आफ्नो खल्ती भर्नतिर लागे र यसको गुणस्तरमा वास्ता गरेनन् भन्ने आरोप छ । सायद यही कारण गूगलसँग यो हार्न पुग्यो ।

गूगलभन्दा अगाडि पनि सर्च इन्जिनहरू थिए र राम्रो प्रदर्शन पनि गरिरहेका थिए । तर, अहिले इन्टरनेटमा हुने ९० प्रतिशत क्रियाकलाप गूगलबाट नै हुन्छन् र ६० प्रतिशत अनलाइन विज्ञापन पनि यहीँबाट आउँछन् । हरेकलाई व्यक्तिगत अनुभूति दिलाउने र निरन्तर केही नयाँ गर्ने प्रयासले नै गूगललाई यो सफलता प्राप्त भएको हो ।

गूगलको एल्गोरिदम (कम्प्यूटरद्वारा गणना अथवा समस्या समाधान गर्ने एक विशेष प्रक्रिया वा नियमहरूको समूह)ले पनि यसमा ठूलो भूमिका निभाएको छ । ल्यारी पेज र ब्रिनले सन् १९९९ मा पेजर्याङ्क एल्गोरिदम ल्याए । यसले कुनै पनि पेजको उपयोगिताको हिसाबले १ देखि १० को बीचमा र्याङ्किङ गर्छ ।

गूगलका निर्माताहरूले गूगलको हेल्प साइटमा लेखेका छन्, ‘यदि तपाईंलाई उत्तर चाहिएको छ भने लाखौं वेबपेजमा होइन, हाम्रो सिस्टमले आवश्यक मात्रामा उत्तर दिनेछ ।’ पेज र ब्रिनले गूगललाई अन्यभन्दा खास बनाउने कतिपय सूत्र गोप्य राखेका छन् जसलाई उनीहरू परिवर्तन गरिरहन्छन् । गूगलले मानिसहरूको आवश्यकतालाई सम्झिन सक्नु नै सायद गूगलको सबैभन्दा ठूलो उपलब्धि हो । 

सम्बन्धित समाचार

खोजीको क्षेत्रमा गूगलले कसरी आधिपत्य जमायो ?

तपाईंलाई यदि कुनै प्रश्नको उत्तर आएन, केही सन्देह भयो अथवा कुनै विषयको बारेमा धेरै जानकारी चाहियो भने के गर्नुहुन्छ ? धेरैजसोको उत्तर हुन सक्छ ‘गूगल’ । अहिले गूगल हाम्रो दैनिक जीवनको

जीमेल स्टोरेजको व्यवस्थापन यसरी गरौँ ! 

जीमेल विश्वभर विद्युतीय सन्देश अर्थात् ईमेलका लागि निकै चर्चित छ । गूगलको यो सेवामा धेरै प्रकारका उपयोगी फिचरहरू पनि छन् । ल्यापटप, कम्प्युटरमा राखेका सामान भाइरस अथवा अन्य कारणले नष्ट हुन

गूगल म्यापमा नयाँ फीचर, गूगल म्यापको पृष्टभूमिमा अब ग्लोब आउने 

काठमाडौँ।  विश्वकै चर्चित टेकजाइन्ट गूगलले गुगल म्यापमा एक नयाँ फीचर ल्याएको छ।  जसको सहायताले लाइभ लोकेशनसँगै आफ्नो मोबाइलको ब्याट्री स्ट्याटस पनि शेयर गर्न सकिने भएको छ । त्यस्तै नयाँ अपडेटमा


z