• २०८१ बैशाख ७ शुक्रबार

खोजीको क्षेत्रमा गूगलले कसरी आधिपत्य जमायो ?

kharibot

तपाईंलाई यदि कुनै प्रश्नको उत्तर आएन, केही सन्देह भयो अथवा कुनै विषयको बारेमा धेरै जानकारी चाहियो भने के गर्नुहुन्छ ? धेरैजसोको उत्तर हुन सक्छ ‘गूगल’ ।

अहिले गूगल हाम्रो दैनिक जीवनको एक अङ्ग नै भइसकेको छ । इन्टरनेटमा संलग्न कतिपयले यसलाई आफ्नो साथी मान्छन् भने कतिपयले त यसलाई गुरु नै ठान्दछन् । यही हप्ता गूगलले २० वर्ष पूरा गर्यो । पछिल्लो समय गूगल इन्टरनेटको राजा बन्न सफल भएको छ ।

गूगलभन्दा अगाडि पनि धेरै सर्च इन्जिनहरू थिए । ती सर्च इन्जिनको पनि मानिसहरूले धेरै प्रयोग गरे । तर गूगलको अगाडि कुनै पनि टिक्न सकेनन् ।

सन् १९९८ सेप्टेम्बर ४ मा ल्यारी पेज र सर्जे ब्रिनले जानकारीहरूलाई एकै ठाउँमा जम्मा गर्न एक प्रोजेक्ट सुरु गरे । यही प्रोजेक्टको सहायताले उनीहरूले पछि सफलताको शिखर छोए । अहिले गूगललाई हरेक दिन लाखौं प्रश्न सोधिन्छन् र यसका संस्थापक अर्बौं डलरको मालिक बनेका छन् ।

अहिले मानिसहरूलाई गूगलभन्दा अगाडि कुनै सर्च इन्जिन थियो भन्ने थाहा नै छैन अथवा भुलिसके । तर, कतिपय सर्च इन्जिन गूगलभन्दा अगाडि स्थापित भएर सफल बनेका पनि थिए । तीमध्ये केही यसप्रकार छन् :

वेब क्रोलर

वेब क्रोलर संसारकै पहिलो सर्च इन्जिन हो । यसमा सबै शब्दलाई एकैपटक लेखेर खोजी गर्न सकिन्थ्यो । गूगलभन्दा धेरै वर्ष अगाडि यसको निर्माण गरिएको थियो । यसको अहिले पनि प्रयोग हुन्छ । गूगलले पनि यसमा भएका जानकारीलाई आफूले प्रयोग गर्ने गरेको उल्लेख गरेको छ । यसको निर्माण वाशिङ्टन विश्वविद्यालयका एक छात्र ब्रायन पिङ्कर्टनले गरेका थिए । यो अहिले इन्फोस्पेस नामक कम्पनीको अधीनमा छ ।

लिकोस

सन् १९९५ मा अमेरिकामा स्थित कार्नेगी मेलन विश्वविद्यालयले लिकोस नामक एक रिसर्च प्रोजेक्टको सुरुवात गर्यो । यसलाई टेरा नामक एक कम्पनीले किनेको थियो । अहिले यसलाई भारतीय अनलाइन मार्केटिङले खरीद गरेको छ । यो सन् १९९९ मा सबैभन्दा बढी प्रयोग हुने वेबसाइट थियो ।

हाइ भ्यू

सन् १९९५ मा अल्टाभिस्टा नामक एक सर्च इन्जिनको निर्माण गरियो । गूगल आइसकेपछि सबैभन्दा धेरै नोक्सान यही कम्पनीलाई भयो । यो अन्य वेबसाइटभन्दा फरक र सबैभन्दा छिटो थियो । तर, गूगल त्योभन्दा राम्रो भएर देखा प¥यो र बजारलाई आफ्नो अधीनमा लियो । याहुले सन् २००३ मा यसलाई किनेको थियो, तर १० वर्ष पछि यो साइट बन्द गर्न याहु बाध्य भयो ।

एक्साइट

एक्साइट सन् १०९५ मा बजारमा आएको हो । यो ९०को दशकमा अमेरिकाको सबैभन्दा मन पराइएको साइट थियो । तर, २०औं शताब्दीको अन्त्यसँगै यसको पतन सुरु भयो ।

याहु

याहुले सफलता प्राप्त गरेको थियो । तर, यसका संस्थापकले आफ्नो खल्ती भर्नतिर लागे र यसको गुणस्तरमा वास्ता गरेनन् भन्ने आरोप छ । सायद यही कारण गूगलसँग यो हार्न पुग्यो ।

गूगलभन्दा अगाडि पनि सर्च इन्जिनहरू थिए र राम्रो प्रदर्शन पनि गरिरहेका थिए । तर, अहिले इन्टरनेटमा हुने ९० प्रतिशत क्रियाकलाप गूगलबाट नै हुन्छन् र ६० प्रतिशत अनलाइन विज्ञापन पनि यहीँबाट आउँछन् । हरेकलाई व्यक्तिगत अनुभूति दिलाउने र निरन्तर केही नयाँ गर्ने प्रयासले नै गूगललाई यो सफलता प्राप्त भएको हो ।

गूगलको एल्गोरिदम (कम्प्यूटरद्वारा गणना अथवा समस्या समाधान गर्ने एक विशेष प्रक्रिया वा नियमहरूको समूह)ले पनि यसमा ठूलो भूमिका निभाएको छ । ल्यारी पेज र ब्रिनले सन् १९९९ मा पेजर्याङ्क एल्गोरिदम ल्याए । यसले कुनै पनि पेजको उपयोगिताको हिसाबले १ देखि १० को बीचमा र्याङ्किङ गर्छ ।

गूगलका निर्माताहरूले गूगलको हेल्प साइटमा लेखेका छन्, ‘यदि तपाईंलाई उत्तर चाहिएको छ भने लाखौं वेबपेजमा होइन, हाम्रो सिस्टमले आवश्यक मात्रामा उत्तर दिनेछ ।’ पेज र ब्रिनले गूगललाई अन्यभन्दा खास बनाउने कतिपय सूत्र गोप्य राखेका छन् जसलाई उनीहरू परिवर्तन गरिरहन्छन् । गूगलले मानिसहरूको आवश्यकतालाई सम्झिन सक्नु नै सायद गूगलको सबैभन्दा ठूलो उपलब्धि हो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै