• २०८१ बैशाख ७ शुक्रबार

बंगलादेशलाई पराजित गर्दै नेपाल साफ च्याम्पियनसिपको सेमिफाइनलमा 

kharibot

काठमाडौँ।  बंगलादेशमा जारी साफ च्याम्पियनसीपमा नेपाल समुह ए बाट सेमिफाइनलमा पुगेको छ। शनिबार भएको समुह चरणको अन्तिम खेलमा बंगलादेशलाई पराजित गर्दै नेपाल प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो।  नेपालले बंगलादेशविरुद्ध २-० को जित हासिल गरेको हो। 

नेपालका लागि बिमल घर्तिमगर र नवयुग श्रेष्ठले गोल गरेका थिए। बिमलले खेलको ३३औ मिनेटमा गोल गरेर १-० को अग्रता लिएको थियो। पहिलो हाफमा १-० को अग्रता लिएको नेपालकालागि दोस्रो हाफको ९०औ मिनेटमा नवयुगले गोल गर्दै नेपाललाई २-० को अग्रता दिलाउदै जित दिलाएका थिए। 

यो जितपछि नेपाल समुहमा पहिलो हुदै सेमिफाइनलमा प्रवेश गरेको छ भने आयोजक बंगलादेश समुहमा तेस्रो हुदै प्रतियोगिताबाट बाहिरिएको छ।  समुह ए बाट गोल अन्तरको आधारमा पकिस्तान दोस्रो हुदै सेमिफाइनलमा पुगेको छ। 

नेपाल समुह पहिलो भएकाले सम्भवत सेमिफाइनलमा माल्दिभ्स वा श्रीलंकासँग खेल्ने छ भने पाकिस्तान भारतसँग खेल्ने सम्भावना रहेको छ। यद्यपि समुह बिको सेमिफाइनलको समीकरण आइतबार हुने भारत र माल्दिभ्स बीचको खेल पछि हुने छ। 

बंगलादेशविरुद्धको खेलमा किरण चेमजोङ (गोलकिपर), सुमन अर्याल, रोहित चन्द, अनन्त तामाङ, अदित्य चौधरी, दिनेश राजबंशी, सुजल श्रेष्ठ, सुनिल बल, निरञ्जन खड्का, भरत खवास र बिमल घर्ति मगर खेलेका थिए। 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै