• २०८१ बैशाख ८ शनिबार

इरफान बिरामी भएपछि ग्याङस्टर फिल्म 'सपना दिदी' थन्कियो, दीपिकाले फर्काइन साइनिङ रकम

kharibot

मुम्बई । बलिवुड अभिनेत्री दीपिका पादुकोनेले बिशाल भारद्वाजको फिल्मम अभिनय नगर्ने भएपछि फिल्म साइन गर्दा लिएको रकम फिर्ता गरेकी छन् । 

बिशाल भारद्वाजले बनाउन लागेको ग्याङस्टर फिल्म इरफान खान अस्वस्थ भएपछि रोकिएको थियो । 'सपना दिदी' नाम गरेको सो फिल्म नेपालमा पनि सुटिंग हेन मिडिया रिपोर्ट आएको थियो ।

अभिनेता इरफान खानलाई क्यान्सर भएपछि सो फिल्म हाल नबन्ने भएपछि दीपिकाले पैसा फिर्ता गरेको डीएनएले उल्लेख गरेको छ । इरफान खान हाल लन्डनमा उपचार गराइरहेका छन् । दिपिकाले निर्माता निर्देशक बिशाल भारद्वाजलाई इरफान ठिक भएपछि फेरी आफु यस फिल्ममा अभिनय गर्ने शन्देश पठाएकी छन् ।

हाल अभिनेता रनबीर सिंहसँग विवाहको तयारी गरिरहेकी दीपिकाले बलिवुडमा कुनै फिल्म साइन गरेकी छैनन् तर उनले अब हलिवुडको अर्को फिल्म त्रिपल एक्सको चौथो सिरिज गर्ने कन्फर्म भैसकेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै