• २०८१ बैशाख ८ शनिबार

मातातिर्थ तमु समाजको निशुल्क आँखा शिविर कार्यक्रम सम्पन्न 

kharibot

काठमाडौं ।  मातातिर्थ तमु समाज परिवारले ८ औं साधारण सभा तथा निशुल्क आँखा शिविर कार्यक्रम सम्पन्न गरेको छ । शनिरबार त्रिभुवनपार्क थानकोटमा उक्त शिविर सम्पन् भएको हो। 

उक्त शिविरमा शिविरमा ९५ जनाले आँखाको चेकजाच गरेका मोतिबिन्दु समस्या भएका विरामी देखिएमा उपचार गराउने व्यवस्था गरेको तर समस्या देखा नपरेको कार्यक्रम संयोजक धन बहादुर गुरुङले बताए । उक्त समाजको आयोजना तथा नेपाल आँखा अस्पताल त्रिपुरेश्वरको प्राविधिक सहयोगमा आँखा शिविर सम्पन्न भएको हो । 

साधारण सभाको अवसरमा ७ जना जेष्ट नागरिक, गुरुङ नायिकाहरु मनिषा गुरुङ, सबु गुरुङ, विपना गुरुङ लगायत कार्यक्रममा भौतिक तथा आर्थिक रुपमा सहयोग गर्ने हरुलाई खाँदा आडाएर प्रमाणपत्रबाट  सम्मान गरेको थियो  । 

उक्त समाजले नयाँ कार्यसमिति चयन गरेको छ । जसमा अध्यक्ष सु.मे. दुर बहादुर गुरुङ,उपाध्यक्ष बुद्धि गुरुङ, सचिव स्वेता गुरुङ, कोषध्यक्ष प्रेम गुरुङ, सदस्यहरुमा डाल मायाँ, हरि माया, मन्चलाल, जैशिला, टंक लाल, खिम बहादुर, विष्णु गुरुङ रहेका छन् ।

उक्त कार्यक्रममा तमु हयुला छोंज धीं, गुरुङ राष्टिय परिषदका केन्द्रिय उपाध्यक्ष आर.बि तमु, नेपाल आँआ अस्पताल त्रिपुरेश्वरका कार्यकारी अधिकृत धमन घने, नेपाल आँखा अस्पतालको सम्योजक कल्याण ढुङ्गाना, नेपाली फिल्मी क्षेत्रका इडिटर मित्र डी गुरुङ, लगायतले मन्तव्य राखेका थिए ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै