• २०८१ बैशाख ८ शनिबार

अख्तियारको प्रमुख आयुक्तमा प्रस्तावित घिमिरेविरूद्ध उजुरी गर्न सुचना प्रकाशित 

kharibot

काठमाडौँ। संसदीय सुनुवाइ समितिले अख्तियारको प्रमुख आयुक्तमा प्रस्तावित नवीनकुमार घिमिरेविरूद्ध उजुरी गर्न सुचना प्रकाशित गरेको छ। 

संवैधानिक परिषद्ले गत २० गते कार्यबाहक प्रमुख आयुक्त घिमिरेलाई प्रमुख आयुक्तमा सिफारिस गरेको थियो । समितिले असोज १ गतेभित्र समिति समक्ष सोझै उपस्थित भएर अथवा जिल्ला प्रशासन कार्यालयमार्फत् उजुरी पठाउन सूचना प्रकाशित गरेको हो।

समितिले उजुरीमा नाम थर, वतन र सम्पर्क माध्यम खुलाउनुपर्ने जनाएको छ। यद्यपी उजुरीकर्ताले चाहेमा गोप्य राखिदिने जनाएको छ। 

समितिले इमेलबाट समेत उजुरी लिँदै आएको छ। समितिको इमेल [email protected] मा उजुरी गर्न सकिने जनाएको छ। 

प्रमुख आयुक्तमा सिफारिस घिमिरे यसअघि रक्षा र गृहसचिव भैसकेका छन्। २०७१ सालमा उनी अख्तियारको आयुक्त बनेका थिए। दीप बस्न्यातले अवकाश पाएपछि गत फागुन १ देखि अख्तियारको कार्यवाहक प्रमुखको रुपमा घिमिरेले काम गर्दै आएका छन्। 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै