• २०८१ बैशाख ८ शनिबार

मनोज गजुरेलको ‘सयकडा दश’ को प्रदर्शन मिति घोषणा 

kharibot

काठमाडौँ। चर्चित हास्यकलाकार मनोज गजुरेलको डेब्यु फिल्म ‘सयकडा दश’ ले आफ्नो प्रदर्शन मिति घोषणा गरिएको छ । भ्रष्टाचारविरुद्ध सदाचार सन्देश बोकेको फिल्म माघ १८ गतेबाट प्रदर्शनमा आउने भएको छ ।

रामशरण पाठक निर्देशित फिल्म भ्रष्टाचारले प्रेम, परिवार र समाजमा पारेको प्रभावको कथामा बनाइएको छ । गजुरेलसहित राजाराम पौडेल, अमृत ढुंगाना, करुणा श्रेष्ठ, अमित पोखरेल, सोनिया राईको अभिनय रहेको फिल्मलाई पाठकले लेखेका हुन् ।

‘फिल्मले सामाजिक र सांस्कृतिक सन्देश दिन्छ र यसको कथावस्तु मनपरेकैले फिल्म गरेको हुँ’ फिल्मबारे गजुरेलले भने । रंगमञ्च अभिनयले फिल्म करियरमा सजिलो भएको उनले उल्लेख गरे ।

अभिनेता राजाराम पौडेलले 'सयकडा दश' लाई आफ्नो फिल्मी करियरकै सर्वोत्कृष्ट फिल्मको रुपमा व्याख्या गरे । ‘मैले करियरमा जति फिल्म खेलेँ, तीमध्येको उत्कृष्ट हो’ उनले भने।

दर्शन नेपाल क्रिएसन प्रालिको ब्यानरमा निर्माण भएको फिल्मलाई रज्जु प्रधान र उत्तम खत्रीले निर्माण गरेका हुन् भने साजन थापा फिल्मका सह-निर्माता हुन् । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै