• २०८१ बैशाख १३ बिहीबार

सलमान खानले रियालिटी शो 'बिग बोस' बाट लिए रेकर्ड पारिश्रमिक  

kharibot

बलिवुड अभिनेता सलमान खानले रियालिटी शो बिग बोसबाट रेकर्ड पारिश्रमिक लिएको मिडिया रिपोर्ट सार्वजनिक भएको छ। यसै सेप्टेम्बर १६ देखि सुरुहुने चर्चित रियालिटी टिभी शो बिगबोसबाट सलमान खानले प्रति एपिसोड १४ करोड भारतीय रुपैया लिने भएको भारतीय मिडियाले उल्लेख गरेका छन् । 

१२औ सिजनको यो शो मा ९औ सिजनमा होष्टको भूमिका निभाउन थालेका सलमानले कुल १३ साताका लागि हरेक साता शनिबार र आइतबार हरि २६ एपिसोडको लागि प्रति एपिसोड १४ करोड गरि कुल ३६४ करोड लिने बताइएको छ ।

हरेक पटक विवाद र सेलिब्रेटीको टेलिभिजनमा देखाएको ब्यबहारका कारण चर्चामा आउने यो शो टेलिभिजनको रियालिटी शो मध्ये निकै लोकप्रिय मानिन्छ । यस सिजनमा कुल २१ प्रतिष्पर्धीले भागलिने भएको यस शोमा चर्चित महिला कमेडियन भारती आफ्ना श्रीमानसँग यस शोमा जान लागेको बताइएको छ। भारती र उनका श्रीमानलाई यस शोका लागि प्रति साता ५० लाख दिने गरि सम्झौता भएको बताइएको छ। 

त्यस्तै यस शो मा अभिनेत्री तनुश्री दत्ता, उनकी बहिनी इशिता दत्ता, पूर्व क्रिकेटर श्रीशांत, अभिनेता करणवीर बोहरा, त्यस्तै  स्कारलेट रोज, गुरमीत चौधरी, देबिना बैनर्जी, माहिका शर्मा, पोर्न स्टार डैनी डी र दीपिका कक्कड़ले भाग लिने बताइएको छ। 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै