प्रधानमन्त्रीको नाम करप्रसाद ओली राखौ - काँग्रेस सभापति देउवा 

खरीबोट

गुलरिया।  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकारले कर बढाएर जनतालाई कठिन पारेको बताएका छन् । 

बीपी जयन्तीको अवसर पारेर नेपाली कांग्रेस जिल्ला कार्यसमिति बर्दियाले गरेको जिल्ला सम्मेलनको समुद्घाटन समारोहमा बोल्दै प्रमुख अतिथि देउवाले करको भारले नेपाली जनता समस्यामा परेको बताएका हुन् ।

देशैभर जताततै कर बढाएकाले प्रधानमन्त्री केपी ओलीको नाम करप्रसाद ओली राख्नुपर्ने सुझाव उनले दिए । देशमा करसँगै दिनहुँ महँगी बढेको बताउँदै देउवाले भने करको भारले जनता आजित भइसकेको बताए । देउवाले जनतालाई विकास र सुशासन दिनुपर्नेमा उल्टै कर र महङ्गी बढाएर झन पीडा दिएको बताउदै जनतालाई साँझ बिहानको छाक टार्न पनि गाह्रो भइरहेको बेला यसरी कर र महङ्गी बढाउँदा जनतामा सरकारप्रति मात्र होइन व्यवस्थाप्रति नै वितृष्णा आउन सक्ने बताए। हाल बढाइएको करलाई मान्न आफ्नो पार्टी तयार नरहेको पनि उनले बताए। 

ओली सरकार देशलाई एकदलिय शासन पद्धतिमा लैजाने सोचमा रहेको उनको आरोप थियो । देशका धेरै क्षेत्रमा आफ्नो पकड बनाउँदै लगेको सरकारले अब प्रहरी प्रशानलाई पनि कब्जामा लिने दाउ बनाइरहेको बताए ।

विदेश नीतिको नाममा खोक्रो राष्ट्रवादको नारा दिएर कम्युनिष्ट सरकार लम्पसारवादतर्फ उन्मुख भएको आरोप पनि देउवाले लगाए । सत्तापक्षको आलोचनामा समय खर्चेका देउवाले नेपाली कांग्रेस पहिलो नम्बरको पार्टी नबनाएसम्म आफूले विश्राम नलिने पनि घोषणा गरेका छन् । 

कांग्रेसका केन्द्रीय नेताहरुको जमघट रहेको समारोहमा नेता विजयकुमार गच्छदार, महामन्त्री शशांक कोइराला, कृष्ण सिटौला लगायत रामशरण महतले आफ्नो धारणा राखेका छन् ।

सम्बन्धित समाचार

संसदमा काँग्रेसको हंगामा : प्रधानमन्त्री ओलीले सम्बोधन गर्न पाएनन्  

काठमाडौँ । प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले अवरोध गरेको छ । बैठक सुरु हुना साथ सभामुख कृष्णबहादुर महराले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बोल्ने समय दिए पछि काँग्रेसका सांसदहरुले प्रतिपक्षी

'गुठी विधेयकविरुद्धको आन्दोलनमा काँग्रेसको ऐक्यबद्धता'

काठमाडौं । प्रमुख प्रतिपक्षि दल नेपाली काँग्रेसले गुठी विधेयकविरुद्धको आन्दोलनमा आफ्नो समर्थन रहेको स्पष्ट गरेको छ । प्रतिनिधि सभाको सोमबारको बैठकमा बैठक सुरु भएलगत्तै काँग्रेस सांसदहरुले यसको विरोध गरेका हुन् ।

फागुन वा चैतमा पार्टीको महाधिवेशन हुनुपर्छ : नेता पौडेल

चितवन । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आउदो फागुन वा चैतमा पार्टीको महाधिवेशन हुनुपर्नेमा जोड दिएका छन् । आज यहाँ पत्रकारसँगको कुराकानीमा उनले महाधिवेशन नियमित हुनुपर्ने आवश्यकता औँल्याएका हुन्

काँग्रेस उपसभापति निधि डेनर्माक प्रस्थान

काठमाडौं । नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिको नेतृत्वमा पार्टीका एक प्रतिनिधिमण्डलले प्रजातन्त्र मेलाको अध्ययन भ्रमणका लागि आज डेनमार्कको राजधानी कोपनहेगनतर्फ प्रस्थान गरेका छन् ।  डेनमार्कको बर्नहोल्ममा यही जुन १३ देखि १७


z