• २०८१ बैशाख १२ बुधबार

प्रधानमन्त्रीको नाम करप्रसाद ओली राखौ - काँग्रेस सभापति देउवा 

kharibot

गुलरिया।  प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकारले कर बढाएर जनतालाई कठिन पारेको बताएका छन् । 

बीपी जयन्तीको अवसर पारेर नेपाली कांग्रेस जिल्ला कार्यसमिति बर्दियाले गरेको जिल्ला सम्मेलनको समुद्घाटन समारोहमा बोल्दै प्रमुख अतिथि देउवाले करको भारले नेपाली जनता समस्यामा परेको बताएका हुन् ।

देशैभर जताततै कर बढाएकाले प्रधानमन्त्री केपी ओलीको नाम करप्रसाद ओली राख्नुपर्ने सुझाव उनले दिए । देशमा करसँगै दिनहुँ महँगी बढेको बताउँदै देउवाले भने करको भारले जनता आजित भइसकेको बताए । देउवाले जनतालाई विकास र सुशासन दिनुपर्नेमा उल्टै कर र महङ्गी बढाएर झन पीडा दिएको बताउदै जनतालाई साँझ बिहानको छाक टार्न पनि गाह्रो भइरहेको बेला यसरी कर र महङ्गी बढाउँदा जनतामा सरकारप्रति मात्र होइन व्यवस्थाप्रति नै वितृष्णा आउन सक्ने बताए। हाल बढाइएको करलाई मान्न आफ्नो पार्टी तयार नरहेको पनि उनले बताए। 

ओली सरकार देशलाई एकदलिय शासन पद्धतिमा लैजाने सोचमा रहेको उनको आरोप थियो । देशका धेरै क्षेत्रमा आफ्नो पकड बनाउँदै लगेको सरकारले अब प्रहरी प्रशानलाई पनि कब्जामा लिने दाउ बनाइरहेको बताए ।

विदेश नीतिको नाममा खोक्रो राष्ट्रवादको नारा दिएर कम्युनिष्ट सरकार लम्पसारवादतर्फ उन्मुख भएको आरोप पनि देउवाले लगाए । सत्तापक्षको आलोचनामा समय खर्चेका देउवाले नेपाली कांग्रेस पहिलो नम्बरको पार्टी नबनाएसम्म आफूले विश्राम नलिने पनि घोषणा गरेका छन् । 

कांग्रेसका केन्द्रीय नेताहरुको जमघट रहेको समारोहमा नेता विजयकुमार गच्छदार, महामन्त्री शशांक कोइराला, कृष्ण सिटौला लगायत रामशरण महतले आफ्नो धारणा राखेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै