• २०८१ बैशाख ७ शुक्रबार

भाग्यमानी माल्दिभ्स टस जितेर सेमिफाइनलमा पुग्यो, नेपालसँग खेल्ने

kharibot

काठमाडौँ। बंगलादेशमा जारी साफ च्याम्पियनसीपको सेमिफाइनलको समीकरण पुरा भएको छ। आइतबार भएको समुह बि को भारत र माल्दिभ्सबीचको खेलपछि १२औ साफको सेमिफाइनलमा पुग्ने चारै टिमको टुंगो लागेको हो। 

समुह ए बाट नेपाल ६ अंकसहित शिर्ष स्थानमा रहदै सेमिफाइनलमा पुगेको छ भने पाकिस्तान दोस्रो हुदै सेमिफाइनलमा पुगेको छ। नेपाल पहिलो खेलमा पाकिस्तानसँग २-१ ले पराजित भएपनि दोस्रो खेलमा भुटानलाई ४-० ले र तेस्रो खेलमा आयोजक बंगलादेशलाई २-० ले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो।  

त्यस्तै पाकिस्तानले पहिलो खेलमा नेपाललाई २-१ ले पराजित गर्यो भने दोस्रो खेलमा बंगलादेशसँग १-० ले पराजित भएको थियो। त्यस्तै तेस्रो खेलमा भुटानलाई ३-० ले पराजित गरेको थियो।  

त्यस्तै समुह बि बाट ६ अंकसहित भारत शिर्ष स्थानमा रहदै प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ भने माल्दिभ्स दोस्रो हुदै सेमिफाइनलमा पुगेको छ। भारतले पहिलो खेलमा श्रीलंकालाई पनि २-० गोल अन्तरले पराजित गरेको थियो भने आइतबार भएको खेलमा माल्दिभ्सलाई २-० गोल अन्तरले पराजित गर्दै समुहमा शिर्ष स्थान हासिल गरेको हो। 

त्यस्तै माल्दिभ्स भने पहिलो खेलमा श्रीलंकासँग गोल रहित बराबरी खेलेर एक अंक हासिल गरेको थियो भने दोस्रो खेलमा भारतसँग २-० ले पराजित भएको थियो ।श्रीलंका र माल्दिभ्सको समान एक एक अंक र गोल अन्तर पनि दुवैको माइनस २ रहेकाले माल्दिभ्स र श्रीलंकाबीच टस गरेर सेमिफाइनलमा जाने टिमको टुंगो लगाइएको थियो।  टस भाग्यमानी माल्दिभ्सले जितेर सेमिफाइनलमा नेपालसँग खेल्ने भएको छ । 

 

सेमिफाइनलको खेल आगामी बुधबार नेपाल र माल्दिभ्स तथा भारत र पाकिस्तानबीच हुने छ ।  प्रतियोगित को फाइनल खेल आगामी शनिबार हुने छ।    

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै