• २०८१ बैशाख ४ मंगलबार

शारजाहमा हुने अफगानिस्तान प्रिमियर लिगको ड्राफ्टमा तीन नेपाली क्रिकेटर समावेश

kharibot

काठमाडौँ। अफगानिस्तान क्रिकेट बोर्ड (एसीबि) ले पहिलो पटक आयोजना गर्न लागेको अफगानिस्तान प्रिमियर लिगको (एपीएल) ड्राफ्टमा ३ जना नेपाली खेलाडीहरु समाबेस गरिएको छ ।

युएईको शारजाहं क्रिकेट मैदानमा आयोजन हुने एपिएल टि-२० को पहिलो संस्करण अक्टोबर ५ देखि २३ अक्टोबर अर्थात असोज १९ देखि कार्तिक ६ सम्म हुदै छ । एपीएलको ड्राफ्ट कार्यक्रम सोमबार युएईमा हुँदैछ जसमा ३५० भन्दा बढी खेलाडीहरु सहभागी हुनेछन्।

एपिएलको ड्राफ्टमा नेपालबाट सन्दिप लामिछानेसहित, कप्तान पारस खड्का र सोमपाल कामी परेका छन् । सन्दीपपछि ठुलो बिदेशी लिगमा अन्य खेलाडीहरु परेको यो पहिलो पटक हो । आज हुने अन्तिम ड्राफ्टले नेपाली खेलाडी पर्ने नपर्ने निश्चय हुने भएको छ ।

एपीएल ड्राफ्टमा अफगानिस्तान सहित, पाकिस्तान,  बंगलादेश, श्रीलंका,वेस्ट  इन्डिज, साउथ  अफ्रीका, अस्ट्रेलिया,इंग्ल्याण्ड, आयर ल्याण्ड, जिम्बाबे, युएई, स्कटल्याण्ड,  हंगकंग, ओमान,नेपाल र क्यानडाका खेलाडीहरुले नाम दर्ता गराएका छन्।

ड्राफ्टमा रहेका खेलाडीहरुलाई आइकन, डायमण्ड, गोल्ड, सिल्भर, आईसीसी एसोसीएट र इमर्जिङ्ग गरि बिभिन्न ६ श्रेणीमा बिभाजन गरिएको छ। खेलाडीहरुको श्रेणी, नामहरु र मूल्य लगायत जानकारी अफगानिस्तान प्रिमियर लिगले खुलाएको छैन।

एपीएलमा कुल ५ वटा टिम सहभागी हुने छन् जसको घोषणा यसैसाता अफगानिस्तान क्रिकेट बोर्डले गरेको हो । काबुल, बल्ख, कन्दहर, नगरहर र पक्तिया गरि ५ वटा अफगानिस्तानको सहरको नाममा टिमको नाम राखिएको छ। अफगानिस्तान प्रिमियर लिगलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले मान्यता दिइसकेको छ। 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै