विद्यार्थीमाथि हातपात गर्ने दुई शिक्षक निलम्बनमा

खरीबोट

नवलपरासी। विद्यार्थीमाथि दुव्र्यवहार र हातपात गरेको आरोपमा पश्चिम नवलपरासीको सुनबलस्थित महाकवि देवकोटा माविका प्रधानाध्यापक बाबुराम पाण्डे र शिक्षक कौशलराज तिवारी निलम्बनमा परेका छन् । 

विद्यालय व्यवस्थापन समितिले प्रधानाध्यापक पाण्डे र शिक्षक तिवारीलाई १० दिनका लागि निलम्बन गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानहरि अर्यालले जानकारी दिए । 

प्रधानाध्यापक पाण्डे र शिक्षक तिवारीले केही दिनअघि सोही विद्यालयको कक्षा १० मा अध्ययनरत विद्यार्थी प्रदीप कोंहार, धीरज पाण्डे र अर्जुन गुप्तालाई अपशब्द प्रयोगका साथै हातपात गरेको आरोप शिक्षकद्वयमाथि लागेको छ । 

विद्यार्थीले दोषी शिक्षकद्वयलाई कारवाहीको माग राख्दै सुनबल नगरपालिका र शिक्षा विकास तथा समन्वय एकाइ पश्चिम नवलपरासीको परासीस्थित कार्यालयमा निवेदन दर्ता गराइसकेका छन् । 

सुनबल नगरपालिका देशकै पहिलो बालमैत्री स्थानीय तह घोषणा भएको दुई साता नपुग्दै शिक्षकद्वारा विद्यार्थीमाथि दुव्र्यवहार र हातपात भएको घटना बाहिर आएपछि यस घटनाप्रति सरोकारवालाको ध्यान केन्द्रित भएको थियो । 

गत मङ्गलबार कक्षा १० मा नेपाली विषयअन्तर्गत ‘हाम्रो संस्कृति’ शीर्षक पाठ अध्यापन गराउने क्रममा शिक्षक तिवारीले फरकफरक समुदाय र सम्प्रदायको उदाहरण दिँदा मधेश क्षेत्रको संस्कृति बताउने क्रममा ठेस पुग्ने शब्दको प्रयोग गरेको भन्दै विद्यार्थीले विरोध जनाएका थिए । 

शिक्षक तिवारीले अध्यापनको क्रममा मधेशलाई लक्षित गरी ठेस पुग्ने शब्दको प्रयोग गरेको जनाउँदै विद्यार्थीले तत्कालै विरोध जनाएपछि शिक्षक तिवारी र प्रधानाध्यापक पाण्डेले आफूहरुलाई दुव्र्यवहार र हातपात गरेको जनाउँदै शिक्षा विकास तथा समन्वय एकाइमा विद्यार्थीद्वारा दिइएको उजुरीमा उल्लेख छ । तर यसबारे विद्यार्थीलाई सम्झाउने क्रममा दुःखद् घटना भएको विद्यालयका प्रधानाध्यापक पाण्डेले स्वीकार गरे । 

यसबारे शिक्षा विकास तथा समन्वय एकाइमासमेत विद्यार्थीले उजुरी दर्ता गरेपछि तत्काल समस्या समाधान गर्न सुनबल नगरपालिकामा परिपत्र गरिसकिएको एकाइका प्रमुख दीपेन्द्र ढकालले जानकारी दिए । 

विद्यार्थीले दोषी भनिएका शिक्षकमाथि कारवाही हुनुपर्ने माग गर्दै प्रधानाध्यापकको कार्यकक्षमा तालाबन्दी गरेका छन् । 

सम्बन्धित समाचार

प्रशिक्षक भल्भेर्डेद्वारा बार्सिलोनासँग सम्झौता नवीकरण 

काठमाडौँ । स्पेनिस क्लब बार्सिलोनाका प्रशिक्षक इर्नेष्टो भल्भेर्डेले बार्सिलोनामा आफ्नो सम्झौता अर्को सिजनसम्मका लागि नवीकरण गरेका छन् । बार्सिलोनाले आज दिएको जानकारी अनुसार भल्भेर्डेले २०१९-२० सिजनसम्मका लागि बार्सिलोनामै बस्ने गरि सम्झौता

'आयोगको परीक्षाले असफल बनाइ रोजीरोटी खोसियो'

काठमाडौँ । शिक्षाशास्त्रमा प्रथम श्रेणीमा स्नातकोत्तर गरेका शिक्षक रामहरि सिग्देललाई विद्यालय शिक्षामा आफ्नो १५ वर्षको मेहनत खेर गएको महसुस भएको छ । नुवाकोटस्थित भूमिदेवी माविमा अङ्ग्रेजी विषय पढाउने उनी अस्थायी शिक्षकका

अस्थायी शिक्षकले नयाँ माग राखी आन्दोलनमा 

काठमाडौँ । आन्तरिक परीक्षामा अनुत्तीर्ण भएका र परीक्षामै भाग नलिएका अस्थायी शिक्षकले नयाँ माग राखी आन्दोलन थालेका छन् ।  उनीहरुले आफ्नो ६० वर्ष उमेरसम्म रोजगारीको सुनिश्चित हुनुपर्ने, अस्थायी शिक्षकबाट बिदा हुँदा

स्वदेश फर्किएपछि प्रशिक्षक र कप्तान भन्छन्, ‘मानसिक दबाबले फाइनल हार्यौ’  

काठमाडौँ । थाइल्याण्डमा सम्पन्न महिला टी–२० स्म्यास प्रतियोगिताको उपविजेता बनेर नेपाली महिला क्रिकेट टीम स्वदेश फर्किएको छ ।  स्वदेश फर्किएको नेपाली महिला टिमकी कप्तान रुवीना क्षेत्री र प्रशिक्षक विनोद दासले प्रतियोगिताले


z