• २०८१ बैशाख १४ शुक्रबार

बलिवुड अभिनेता गोविन्दा काठमाडौँ आउदै 

kharibot

काठमाडौँ। आगामी आइतबार हुने एलजी सिने अवार्ड कार्यक्रममा भाग लिन बलिवुड अभिनेता गोविन्दा काठमाडौँ आउने भएका छन् । गोविन्दाले सो कार्यक्रममा वरिष्ठ फिल्मकर्मी किशोर रानालाई लाइफ टाइम एचिभमेन्ट अवार्ड दिने कार्यक्रमका आयोजकले जानकारी दिएका छन्। 

कार्यक्रममा भाग लिन आगामी शनिबार गोविन्दा आफ्नो परिवारसहित काठमाडौँ आउने बताइएको छ। 

एलजी सिने सर्कल अवार्डको विधागत उत्कृष्टको नाम पनि आइतबार सार्वजनिक गरिएको छ । जसमा उत्कृष्ट फिल्मतर्फ सात फिल्महरू ‘छक्का पञ्जा २’, ‘पञ्चायत’, ‘शत्रुगते’, ‘लिलिबिली’, ‘भुइँमान्छे’, ‘मंगलम’ र ‘तिमीसँग’ प्रतिस्पर्धामा रहेका छन् । उत्कृष्ट निर्देशकतर्फ पनि यिनै फिल्मबाट क्रमश: दीपाश्री निरौला, शिवम् अधिकारी, प्रदीप भट्टराई, मिलन चाम्स, नवराज बुढाथोकी, नवल नेपाल र शिशिर राणा परेका छन् ।

फिल्म निर्देशक किशोर रानालाई लाइफटाइम एचिभमेन्ट अवार्ड प्रदान गर्न लागिएको उक्त अवार्डमा अभिनेतातर्फ दयाहाङ राई, अनमोल केसी, प्रदीप खडका, पुष्प खडका, सरोज खनाल, राज कटुवाल र नाजिर हुसेनबीच प्रतिस्पर्धा हुदै छ भने अभिनेत्रीतर्फ साम्राज्ञी राज्यलक्ष्मी शाह, नीता ढुंगाना, बेनिशा हमाल, शिल्पा पोखरेल र प्रियंका कार्कीले प्रतिष्पर्धा गर्दै छन्। अवार्डमा उत्कृष्ट अनस्क्रिन जोडी, चर्चित अभिनेता, अभिनेत्रीदेखि उत्कृष्ट स्टन्ट, भीएफएक्स, ट्रेलर, पोस्टरजस्ता विधासहित २२ विधामा अवार्ड दिइन लागेको आयोजकले जानकारी दिएका छन्। 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै