• २०८१ बैशाख ८ शनिबार

भारत र अफगानिस्तानसँग खेल्न अन्डर १९ क्रिकेट टिम लखनउ प्रस्थान, यस्तो छ खेल तालिका

kharibot

काठमाडौँ।  भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) को निमन्त्रणामा भारतमा एकदिवसीय सिरिज खेल्ने जाने नेपाली अन्डर १९ राष्ट्रिय क्रिकेट टिम आज भारतको लखनउतर्फ प्रस्थान गरेको छ।

१५ सदस्यीय यु-१९ टिमसँग मुख्य प्रशिक्षक बिनोद दास सहायक प्रशिक्षक मनोज कटवाल जाँदै छन् भने टिमको ब्यबस्थापकको रुपमा शक्ति गौचन र फिजियो बिक्रम न्यौपाने गरि कुल १९ जनाको टिम भारत प्रस्थान गरेको हो।    

यू-१९ एसिया कपको तयारीको रुपमा समेत लिइएको यस प्रतियोगितामा नेपाल, भारत र अगनिस्तानको अन्डर १९ टिम र भारतको नेशनल क्रिकेट एकेडेमीको टिमले भाग लिने छन् । भारतले हरेक बर्ष आयोजना गर्ने ५० ओभरको यो सिरिजमा गत वर्ष श्रीलंकाको यु १९ टोली भने यस पटक नेपाली टिमलाई बोलाइएको हो ।

सेप्टेम्बर १२ बाट सिरिज सहभागी चार टोलीले एक अर्काविरुद्ध खेल्नेछन् । शीर्ष दुई टोलीले सिरिजको उपाधिको लागि खेल्ने छन् । तेस्रो र चौथो हुने टोलीबीच तेस्रो स्थानको लागि प्ले अफ खेल हुने छ ।

सार्वजनिक भएको खेल तालिका अनुसार सेप्टेम्बर १२- भारत यू–१९ विरुद्ध अफगानिस्तान यू–१९, इडेन गार्डेन्स, कोलकोतामा हुने छ भने सेप्टेम्बर १२- एनसीए यू–१९ विरुद्ध नेपाल यू–१९, जादभपुर युनिभर्सिटी,सेप्टेम्बर १४-भारत यू–१९ विरुद्ध नेपाल यू–१९, इडेन गार्डेन्स, सेप्टेम्बर १४- एनसीए यू–१९ विरुद्ध अफगानिस्तान यू–१९, जादभपुर युनिभर्सिटी, सेप्टेम्बर १६- भारत यू–१९ विरुद्ध एनसीए यू–१९, इडेन गार्डेन्स, सेप्टेम्बर १६- अफगानिस्तान यू–१९ विरुद्ध नेपाल यू–१९, जादभपुर युनिभर्सिटी । 

त्यस्तै  उपाधिक लागि सेप्टेम्बर १८ मा शिर्ष दुई टिमबीच कोलकोताको इडेन गार्डेन्समा खेल हुने छ भने तेस्रो स्थानका लागि तेस्रो र चौथो हुने टिम सेप्टेम्बर १८ मै जादभपुर युनिभर्सिटीमा खेल्ने छन् । 

भारत जाने नेपाली खेलाडीहरुमा मोहमद आरिफ शेख (कप्तान), ट्रिटराज दास, रवि शाह, लोकेस बम, रित गौतम, पवन सराफ, किशोर महतो, रसिद खान, भिम सार्की, कमल सिंह ऐरी, सन्दीप जोरा, सागर ढकाल, अरुण ऐरी र मोहमद सम्सद आलम रहेका छन्। 


 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै