मोबाइल किन्दै हुनुहुन्छ ? पर्खिनुस्, अपग्रेड भएर आउँदै छन् नयाँ भर्सनहरु 

खरीबोट

काठमाडौं । स्मार्टफोन कम्पनीहरुले बेलाअनुसार मोबाइलको भर्सन परिवर्तन गर्ने गरेका छन् । अब चाँडै एप्पल, हुवावेलगायतका चर्चित स्मार्टफोन कम्पनीले पनि भर्सन अपग्रेड गर्ने तयारी गरेको एजेन्सीहरुले जनाएका छन् । 

आउँदो १२ तारिखमा एप्पलले पनि भर्सन अपग्रेड गर्दै छ । नयाँ आईफोन लन्च कार्यक्रम गर्दै उसले भर्सन अपग्रेड समेत गर्ने भएको हो । एप्पलले आईफोन एक्स आईफोन एक्सप्लस र ६.१ इन्चको ड्युअल सिम आईफोन ल्याउनेछ । 

त्यसैगरी, गुगलले आफ्नो पिक्सेल सिरिजको पिक्सल ३ र पिक्सल ३एक्सएल आगामी ९ अक्टोबरमा लन्च गर्दै छ । यो पिक्सेल सिरिजको तेस्रो पुस्ता हुनेछ । पिक्सेल २ को आउनेवाला नयाँ भर्सनमा पिक्सल ३ मा पहिलेको तुलनामा ठूलो स्क्रिन हुनेछ । 

त्यस्तै वानप्लस ६ अन्य स्मार्टफोनको तुलनामा नयाँ भए पनि उसले नयाँ भर्सन वानप्लस६टी लन्च गर्दै छ । आगामी अक्टोबरमा यसको लन्च हुनेछ । नयाँ भर्सनमा धेरै स्पेस हुने बताइएको छ । 

यता हुवावे पी२० प्रोको पनि नयाँ भर्सन आउने भएको छ । आगामी अक्टोबरमा कम्पनीले मेट २० लन्च गर्नेछ । यसमा पनि धेरै स्पेस हुने बताइएको छ । 

यता मोटोरोलाले पनि जी६ मोटो स्मार्टफोन जुनमा लन्च गरेको थियो । यसले १० तारिखबाट भेरियन्ट मोटो जी६  प्लस ल्याउँदै अपग्रेड गरेको छ । 

  • एजेन्सीहरुको सहयोगमा । 

सम्बन्धित समाचार

मोबाइल हरायो ? चिन्ता छैन, प्रहरीमा उजुरी गर्नुहोस्

भक्तपुर । मध्यपुर थिमि–१ लोकन्थली बस्ने अरविन्द आचार्यको सामसुङ ग्यालेक्सी जे फाइभ मोबाइल सेट सार्वजनिक यातायातमा बालकोटबाट कौशलटार आउने क्रममा हरायो । उनले महानगरीय प्रहरी वृत्त थिमिमा गत मङ्सिर २३

बन्दुकको बीचमा मोबाइलको आनन्द !

भारतीय एक सैनिक गणतन्त्र दिवसको पूर्वसन्ध्यामा तयारीका क्रममा जालन्धरमा मोबाइल चलाउँदै । आगामी २६ जनवरीमा भारतको ७०औँ गणतन्त्र दिवस पर्छ ।

सिजीलाई मोबाइल सेवा सञ्चालन गर्न अनुमति दिन सर्वोच्चको अन्तरिम आदेश

काठमाडौँ। सर्वोच्च अदालतले सिजी कम्युनिकेसन प्रालिलाई मोबाइल सेवा सञ्चालनका लागि अनुमति दिन अन्तरिम आदेश जारी गरेको छ ।  न्यायाधीश दीपकराज जोशीको एकल इजलासले सो कम्पनीलार्ई मोबाइल सेवा सञ्चालनका लागि अनुमति प्रदान

दाङमा सवारी चलाउँदा मोबाइल प्रयोगमा रोक

तुलसीपुर। के तपाइँ सवारी चलाउँदा मोबाइल फोनमा कुरा गर्दै हुनुहुन्छ ? हुनुहुन्छ भने कारवाहीमा पर्नुहोला । प्रदेश नंं ५ को दाङस्थित प्रहरी कार्यालयले सवारी चलाउँदा चालकलाई मोबाइल प्रयोग गर्न रोक


z