• २०८१ बैशाख ७ शुक्रबार

मोबाइल किन्दै हुनुहुन्छ ? पर्खिनुस्, अपग्रेड भएर आउँदै छन् नयाँ भर्सनहरु 

kharibot

काठमाडौं । स्मार्टफोन कम्पनीहरुले बेलाअनुसार मोबाइलको भर्सन परिवर्तन गर्ने गरेका छन् । अब चाँडै एप्पल, हुवावेलगायतका चर्चित स्मार्टफोन कम्पनीले पनि भर्सन अपग्रेड गर्ने तयारी गरेको एजेन्सीहरुले जनाएका छन् । 

आउँदो १२ तारिखमा एप्पलले पनि भर्सन अपग्रेड गर्दै छ । नयाँ आईफोन लन्च कार्यक्रम गर्दै उसले भर्सन अपग्रेड समेत गर्ने भएको हो । एप्पलले आईफोन एक्स आईफोन एक्सप्लस र ६.१ इन्चको ड्युअल सिम आईफोन ल्याउनेछ । 

त्यसैगरी, गुगलले आफ्नो पिक्सेल सिरिजको पिक्सल ३ र पिक्सल ३एक्सएल आगामी ९ अक्टोबरमा लन्च गर्दै छ । यो पिक्सेल सिरिजको तेस्रो पुस्ता हुनेछ । पिक्सेल २ को आउनेवाला नयाँ भर्सनमा पिक्सल ३ मा पहिलेको तुलनामा ठूलो स्क्रिन हुनेछ । 

त्यस्तै वानप्लस ६ अन्य स्मार्टफोनको तुलनामा नयाँ भए पनि उसले नयाँ भर्सन वानप्लस६टी लन्च गर्दै छ । आगामी अक्टोबरमा यसको लन्च हुनेछ । नयाँ भर्सनमा धेरै स्पेस हुने बताइएको छ । 

यता हुवावे पी२० प्रोको पनि नयाँ भर्सन आउने भएको छ । आगामी अक्टोबरमा कम्पनीले मेट २० लन्च गर्नेछ । यसमा पनि धेरै स्पेस हुने बताइएको छ । 

यता मोटोरोलाले पनि जी६ मोटो स्मार्टफोन जुनमा लन्च गरेको थियो । यसले १० तारिखबाट भेरियन्ट मोटो जी६  प्लस ल्याउँदै अपग्रेड गरेको छ । 

  • एजेन्सीहरुको सहयोगमा । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै