• २०८१ बैशाख ७ शुक्रबार

बिम्स्टेक सैन्य अभ्यासमा सेना नजाने निर्णयलगत्तै भारतीय राजदूतले भेटे प्रधानसेनापति 

kharibot

काठमाडौं । बहुपक्षीय आर्थिक तथा प्राविधिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) राष्ट्रहरुका सेनाले भारतको पुणेमा गर्नलागेको संयुक्त सैन्य अभ्यासमा नेपाल नजाने निर्णय गरेको भोलिपल्टै भारतीय राजदूतले प्रधानसेनापतिसँग भेटवार्ता गरेका छन् । 

नेपाली सेनाका अनुसार प्रधानसेनापति पूर्णचन्द्र थापा र राजदूत मञ्जीवसिंह पुरीबीच जंगीअड्डामा शिष्टाचार भेट भएको हो ।

सैन्यअभ्यासबारे कुरो उल्लेख नगरिए पनि सेनाले जारी गरेको विज्ञप्तिमा सेनापति थापा र राजदूतबीच द्विपक्षीय आपसी हित र पारस्परिक सम्बन्धका विषयमा छलफल भएको उल्लेख छ ।

प्रधानसेनापति भएपछि विदेशी राजदूतसँगको भेट थापाको लागि पहिलो हो ।

तीव्र विरोध भएपछि प्रधानमन्त्री केपी ओलीले भारतको पुणेमा जारी सैन्य अभ्यासमा नजान सेनालाई निर्देशन दिएका थिए । यद्यपि नेपाली सेनाका तीन जना भने यसअघि नै भारत गइसकेका छन् ।

पूर्वयोजनाअनुसार पुणेमा बिम्स्टेक राष्ट्रका ३० जना सैनिकको उपस्थिति हुने तालिका थियो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै