ठमेलमा फेसन शो 

खरीबोट

काठमाडौ । ठमेलको नसिङचोक स्थित ‘इवीजा लाउन्ज’ शनिबार साँझ फेसनमय बन्यो । ‘इविजा फेसन नाइट २०१८’ नाम दिइएको फेसन शोमा ‘सन इन सो’ अर्थात ‘हिउँको घाम’ शीर्षकमा ४ फेसन डिजाइनरले तयार पारेका बिभिन्न आकर्षक पहिरनहरु प्रस्तुत गरिएको थियो । 

विन्टर सिजनको अन्त्यसँगै आयोजना गरिएको ‘इविजा फेसन नाइट २०१८’को भब्य डेकोरेसन तथा झिलिमिलि सजावटले उपस्थित सबैलाई लोभ्याउथ्यो ।  डिजाइनर अलिसा श्रेष्ठ, पूजा ढकाल, समिक्षा मानन्धर, सुचिना श्रेष्ठ र र्याम्प फेसन स्टोर लगायतले तयार पारेका उत्कृष्ट डिजाइनहरुलाई १२ फिमेल तथा ४ मेल मोडलले र्याम्पमा प्रस्तुत गरेका थिए ।

अभिनेत्री स्वस्तिमा खड्का, अन्तराष्ट्रिय मोडल तथा इन्डियाज नेक्स्ट टप मोडलकी फष्टरनर अप सविता कार्की सो टपर रहेको फेसन शो श्रृजना रेग्मीको कोरियोग्राफीमा सम्पन्न भएको थियो । २०१० की मिस नेपाल सदीक्षा श्रेष्ठले सो संचालन गरेकी थिइन् । 

इवीजा लाउन्ज एण्ड बारको आयोजना र नेक्स्ट मोडल्स नेपालको ब्यवस्थापनमा आयोजित फेसन शोले नेपाली फेसन जगतलाई थप उचाही प्रदान गर्न मद्दत पुग्ने आयोजकको भनाई रहेको छ । 
फेसन सो मार्फत नेपाली पहिरन तथा नेपाली मोडलिङ क्षेत्रलाई उचाहीमा पुर्याउन इवीजा फेसन नाइट २०१८ सहायक सिद्ध हुने इवीजा लाउन्जका कार्यकारी निर्देशक राजु दनइले बताए ।

अभिनेत्री संध्या केसी, अभिनेता तथा अन्तराष्ट्रिय मोडल प्रशान्त ताम्राकार, अभिनेता नाजिहर हुसेन लगायत बिभिन्न चर्चित सेलिब्रेटीको पनि कार्यक्रममा सहभागीता रहेको थियो ।

क्रियटिभ स्टेज, अन्तराष्ट्रिय स्तरको सजावट र फेसन पारखिको उल्लेखनिय उपस्थिती रहेको फेसन सोले सिङ्गो मोडलिङ जगतलाई समेत उचाइ थपेको फेसन शो व्यवस्थापन जिम्मा लिएको नेक्स्ट मोडल्स नेपालका अध्यक्ष रवि धमलाले बताए ।

सम्बन्धित समाचार

ठमेलका रेष्टुरेन्ट तथा डान्सबारबाट ३५ बालबालिकाको उद्धार

काठमाडौँ। महानगरीय प्रहरी वृत्त लैनचौरले ठमेल क्षेत्रका विभिन्न रेष्टुरेन्ट तथा डान्सबारबाट ३५ बालबालिकाको उद्धार गरेको छ । महानगरीय प्रहरी परिसर टेकुको सक्रियतामा एक हप्तासम्म चलाइएको ‘बालबालिकाको उद्धार विशेष कार्यक्रम’अन्तर्गत उनीहरुको

ठमेलस्थित ‘द कोरियन सप’मा शिलबन्दी

काठमाडौँ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्तासँग चर्को मूल्य लिई ठगी गरेको भन्दै जमलस्थित द कोरियन सपमा आज शिलबन्दी गरेको छ ।  विभागको टोलीले गरेको अनुगमनका क्रममा उक्त पसलका सञ्चालकले

ठमेलमा फेसन शो 

काठमाडौ । ठमेलको नसिङचोक स्थित ‘इवीजा लाउन्ज’ शनिबार साँझ फेसनमय बन्यो । ‘इविजा फेसन नाइट २०१८’ नाम दिइएको फेसन शोमा ‘सन इन सो’ अर्थात ‘हिउँको घाम’ शीर्षकमा ४ फेसन डिजाइनरले

मुक्तिनाथ विकास बैंकको नयाँ शाखा काठमाण्डौंको ठमेलमा

काठमाडौँ। आधुनिक बैंकिङ्ग, ग्रामीण बैंकिङ्ग र लघुवित्त सेवा एकै साथ संचालन गर्दै आएको मुक्तिनाथ विकास बैंकले देशैभरी आफ्नाशाखा सञ्जालहरु विस्तार गर्ने क्रममा काठमाण्डौको ठमेलमा आफ्नो शाखा कार्यालय विस्तार गरेको छ


z