• २०८१ बैशाख ७ शुक्रबार

बुटवल-पाल्पा सडकखण्ड पहिरोका कारण अवरुद्ध

kharibot

फाइल तस्बीर

बुटवल।  सिद्धार्थ राजमार्ग अन्तर्गतकाे बुटवल-पाल्पा सडकखण्ड पहिरोका कारण अवरुद्ध भएको छ ।

साेमबार सिद्धार्थ राजमार्ग अन्तर्गतकाे बुटवल-पाल्पा सडक खण्डमा पहिरो झरेपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

तिनाउ गाउँपालिकाको पानीमिल र सिरुवारीको बीचमा पहिरो खसेपछि दिउँसो ४ बजेदेखि सडक अवरुद्ध भएको हो । पहिरो पन्छाउन बुटवल र पाल्पाको दुईवटा डोजर प्रयोग गरिए पनि वर्षा नरोकिएका कारण सडक खुलाउन ढिलाई भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

सडकमाथिबाट पहिरो झर्ने क्रम नरोकिएकाले अवरुद्ध सडक कति समयपछि खुल्छ भन्ने एकीन नभएको प्रहरीले जनाएको छ । सडक अवरुद्ध हुँदा पाल्पाबाट बुटवल जाँदै गरेका सवारी साधन पाल्पाको केराबारी र बुटवलबाट पाल्पा, गुल्मी, स्याङ्जा, बागलुङ, पोखरा लगायतका स्थानका लागि छुटेको सवारी साधन झुम्सामा रोकिएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै