काठमाडौँ । संसदीय सुनुवाई विशेष समितिले नाम अनुमोदन गरेकै दिन प्रधानन्यायाधीश नियुक्त भएर मिश्रले शपथ लिएपछि आज साँझ नै पदभार ग्रहण गरेका छन् ।
नवनियुक्त प्रधानन्यायाधीश मिश्रलाई सर्वोच्चमा स्वागत भने प्रधानन्यायाधीशमा संसदीय सुनुवाई समितिबाट अस्वीकृत भएका न्यायाधीश दीपकराज जोशीले गरेका छन् ।
संसदीय समितिले प्रधानन्यायाधीशमा अस्वीकार गरेपछि बिदामा बसेका जोशी मिश्र प्रधानन्यायाधीश नियुक्त भए लगत्तै सर्वोच्च हाजिर भएका छन् ।