नुवाकोट। नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज आरामका लागि पर्यटकीयस्थल ककनी पुगेका छन् ।
नेकपाका जिल्ला सदस्य तथा प्रदेशसभा सदस्य हीरानाथ खतिवडाले पूर्वप्रधानमन्त्री दाहाल परिवारसहित आरामका लागि एक होटेलमा बसेको जानकारी दिए । उनी मङ्गलबार बिहान राजधानी फर्कने बताइएको छ ।