• २०८१ बैशाख १२ बुधबार

सन्दीप अफगानिस्तान प्रिमियर लिगमा नगरहर टिमबाट खेल्ने  

kharibot

काठमाडौँ। अफगानिस्तान क्रिकेट बोर्ड (एसीबि) ले पहिलो पटक आयोजना गर्न लागेको अफगानिस्तान प्रिमियर लिग (एपीएल) मा सन्दीप लामिछाने नगरहर टिमबाट खेल्ने भएका छन्। 

नेपालबाट ३ जना नेपाली खेलाडीहरु युवा बलर सन्दीप लामिछाने कप्तान पारस खड्का र तिब्र गतिका बलर सोमपाल कामी एपीएल खेल्न दर्ता भएको भएपनि सन्दीप मात्र छनौट भएका छन्। सन्दीपको टिममा वेस्टइन्डिजका आन्द्रे रशेल,पाकिस्तान काम ओह्मद हाफिज जस्ता खेलाडी छनौट भएका छन्। 

सन्दीपले यसअघि भारतमा आइपिएल, क्यानडामा ग्लोबल टि-२० लिग र हालै वेस्टइन्डिजमा क्यारेबियन प्रिमियर लिग खेलिसकेका छन्। सबै लिगमा उत्कृष्ट बलिङ गरेका सन्दीप अब अफगानिस्तानको पहिलो प्रिमियर लिगमा पनि खेल्ने भएका छन्।    

Players picked from ICC Associate nations for the inaugural edition of @APLT20official

-@rtendo27 (Balkh)
-@IamSandeep25 (Nangarhar)
-Mohammad Naveed (Kandahar)
-@calummacleod640 (Paktia)
- Mohammad Asghar Hotak (Kabul)#APLDraft #APLT20

— Afghan Cricket Board (@ACBofficials) September 10, 2018

युएईको शारजाहं क्रिकेट मैदानमा आयोजन हुने एपिएल टि-२० को पहिलो संस्करण अक्टोबर ५ देखि २३ अक्टोबर अर्थात असोज १९ देखि कार्तिक ६ सम्म हुदै छ । युएईमा भएको खेलाडी अक्सनमा ३५० भन्दा बढी खेलाडीहरु सहभागी थिए जसमा ५ तिम्ले प्रति टिम घटीमा १७ र बढीमा २० खेलाडी छनोट गरेका छन्। 

एपीएल ड्राफ्टमा अफगानिस्तान सहित, पाकिस्तान,  बंगलादेश, श्रीलंका,वेस्ट  इन्डिज, साउथ  अफ्रीका, अस्ट्रेलिया,इंग्ल्याण्ड, आयरल्याण्ड, जिम्बाबे, युएई, स्कटल्याण्ड,  हंगकंग, ओमान,नेपाल र क्यानडाका खेलाडीहरुले नाम दर्ता गराएका थिए ।

ड्राफ्टमा रहेका खेलाडीहरुलाई आइकन, डायमण्ड, गोल्ड, सिल्भर, आईसीसी एसोसीएट र इमर्जिङ्ग गरि बिभिन्न ६ श्रेणीमा बिभाजन गरिएको थियो ।

एपीएलमा कुल ५ वटा टिम काबुल टिम, बल्ख टिम, कन्दहर टिम, नगरहर टिम र पक्तिया टिम रहेका छन्। एपिएल टिमको नाम ५ वटा अफगानिस्तानको शहरको नाममा टिमको नाम राखिएको छ। अफगानिस्तान प्रिमियर लिगलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले मान्यता दिइसकेको छ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै