• २०८१ बैशाख ८ शनिबार

नेविसंघको महाधिवेशनको मिति तय, स्थान तोक्न अझै बाँकी 

kharibot

काठमाडौं।  नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघको १२ औं महाधिवेशन आगामी कात्तिक १६, १७ र १८ गतेदेखि हुने भएको छ । सोमबार राति सकिएको केन्द्रीय कार्यसमितिको बैठकले १२ औ महाधिवेशन कात्तिक १६, १७ र १८ गते गर्ने निर्णय गरेको अध्यक्ष नैनसिंह महरले जानकारी दिएका छन् । महाधिवेशन स्थल भने अझै तोकिएको छैन। 

अध्यक्ष महरले पेश गरेको कार्यतालिका बैठकले अनुमोदन गरेको हो । जसअनुसार असोज ७ गते विद्यालय र क्याम्पसको अधिवेशन सुरु हुनेछ । १२ गते स्थानीय तहमा, १५ गते निर्वाचन क्षेत्रमा, २१ गते जिल्लामा र कात्तिक १० र ११ गते सातवटै प्रदेशमा अधिवेशन गर्ने तालिका रहेको उहाँले बताउनुभयो । काठमाडौं उपत्यकाको क्याम्पस असोज २३ गते गर्ते तयारी छ । महाधिवेशन प्रतिनिधिको नाम कात्तिक १३ गते र अन्तिम नामावली कात्तिक १४ गते प्रकाशन, १६ गते महाधिवेशन उद्घाटन तथा १७ र १८ गते बन्द सत्र गर्ने सहमति भएको छ। 

विभिन्न तहका अधिवेशन सम्पन्न गर्न कडा नियम सहितको सर्कुलर बनाउने र कुनै पनि केन्द्रीय प्रतिनिधिले आफुखुशी नाम टाँँस्ने  काम गरे त्यस्ता प्रतिनिधि र उनीहरुले जिम्मेवारी दिने नेतालाई पनि कारबाही गरिने भएको छ। 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै