• २०८१ बैशाख ७ शुक्रबार

आगलागीमा परी सात जना घाइते

kharibot

काठमाडौं । मंगलबार बिहान काठमाडौंको ज्याठामा भएको आगलागीमा सात जना घाइते भएका छन् । बिहान ४ बजे स्थानीय सुमन स्थापितको भुइँतलामा ट्रेकिङका लागि प्रयोग हुने अक्सिजनका करिब ८० बढी सिलिण्डरमध्ये आगलागीका क्रममा करिब २५ वटा सिलिण्डर पड्किएको थियो । 

घटनामा सात जना घाइते भएका छन् । बिहान ४ बजे पानी तान्ने मोटर जोड्दा परेको झिल्कोले अक्सिजन भेटेपछि आगलागी भएको हो । यसैबीच, आगलागीबाट भएको क्षति बुझ्न महानगरका मेयर विद्यासुन्दर शाक्य घटनास्थल पुगेका छन् ।

वडा २७ र आसपास वडा समितिका अध्यक्ष, वडा सदस्य तथा महानगरको विपद् व्यवस्थापन विभागका अधिकारीसहित घटनास्थल पुगेका हुन् । उनले प्रत्यक्षदर्शीसँग कुराकानी गरेका थिए । मेयर शाक्यले घटनाको विवरण र तथ्य संकलन गरेर पीडितलाई सहयोग गर्ने बताएका छन् । 

सिलिन्डर विस्फोटबाट दुई तलाको एकातर्फका पर्खाल भत्किएका छन् । आगलागीबाट आगो सल्किएको घर सुमन स्थापितको र छिमेकी कल्पना तुलाधरको घरमा प्रत्यक्ष क्षति पुगेको छ भने चोक आसपासका अन्य घरहरुका पर्खाल र ढोका चर्किएका छन् । यस्तै झ्याल तथा ढोकाका शिशा फुटेका छन् ।

घाइतेमध्ये सुमन स्थापितसहित अन्य ४ जनाको राष्ट्रिय ट्रमा सेन्टरको आकस्मिक कक्षमा उपचार भइरहेको छ भने अन्य ३ जना सामान्य उपचारपछि घर फर्किएका छन् । घाइते बिरामीलाई शाक्यले ट्रमा सेन्टर पुगेर भेटेको महानगरले जनाएको छ । 

यसरी घाइते हुनेमा घरधनी स्थापित विस्फोटमा परेका हुन् भने बाँकी बच्नका लागि झ्यालबाट हाम फाल्ने क्रममा घाइते भएका हुन् ।

सामान्य घाइते ४१ बर्षिय जय श्रेष्ठ भन्छन्, ‘निन्द्रामै ठूलो ठूलो आवाज आउन थाल्यो । केही सोच्नै सकिएन । बरु बाहिर पुगे बाँचिन्छ भनेर एकतलाबाट हाम फालेर बाहिर आएँ । पछि होशमा आउँदा चोकमा राखेका आफ्ना दुवै मोटरसाइकल बलिरहेको थाहा पाएँ ।’

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै