• २०८१ बैशाख ७ शुक्रबार

हिरोले ल्यायो ‘एक्स्ट्रिम २००आर’ मोटरसाइकल

kharibot

काठमाडौं । हिरो मोटोकर्पले एक्स्ट्रिम २००आर मोटरसाइकल ल्याएको छ । कम्पनीले भारतपछि नेपालमा पनि उक्त बाइक सार्वजनिक गरेको हो ।

मोटसाइकल नेपाल जनरल मार्केटिङ्गका सबै डिलरहरुकहाँ उपलब्ध हुने कम्पनीले जनाएको छ । यसको मूल्य २ लाख ८६ हजार ५ सय रुपैयाँ राखिएको छ । चालकको सुरक्षालाई जोड दिँदै एन्टि लक ब्रेक सिष्टम बाइकमा रहेको छ भने नयाँ प्रणालीको बीएसआईभी२०० सीसी एयर कुल्ड इन्जिन यसमा रहेको बताइएको छ ।

बाइकले ४.६ सेकेण्डमा ०–६० किमि÷घण्टाको दौड गर्न सक्छ र यस्को गतिउच्चतमविन्दू प्रति घण्टा ११४ किमि÷सम्म पुग्ने कम्पनीको दाबी छ । हलुका वजन तर दह्रो फ्रेम यसमा रहेको कम्पनीको भनाइ छ ।

त्यस्तै मोडहरुमा सम्हाल्न सजिलो हुने गरी उक्त फ्रेमले काम गर्ने तथा एर्गोनोमिक्ससहित तयार पारिएका ह्याण्डलबार, सिट र गोडा–राख्ने ठाऊँबीचको त्रिभुजले सही सन्तुलन प्रदान गर्ने कम्पनीको भनाइ छ । बाइक आकर्षक रहेको छ । 

यसमा १७ इन्च, १३०/७० चौडाइको रियर रेडियल टायर रहेको र यो भरपर्दो हुने पनि कम्पनीको दाबी छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै