• २०८१ बैशाख ११ मंगलबार

निर्मला हत्या प्रकरणमा पक्राउ परेका विष्टसहित बम दिदीबहिनी छुटे 

kharibot

कञ्चनपुर । निर्मला पन्तको बलात्कार पछि हत्याको अभियोगमा पक्राउ गरेका दिलिप विष्ट आज छुटेका छन् । 

निर्मलाको भेजाइनल स्वाब (योनीमार्ग) मा रहेको डिएनएसँग विष्टको डिएनए नमिलेपछि जिल्ला अदालतले मंगलबार विष्टलाई रिहा गरेको हो । 

विधि–विज्ञान प्रयोगशालाले दिएको रिपोर्ट अनुसार विष्टको डीएनए फरक परेको सरकारी वकिलको कार्यालयले जनाएको छ । विष्टको डीएनए रिपोर्ट नमिलेपछि उनलाई रिहा गरिएको हो । 

त्यस्तै निर्मलाको हत्यामा संलग्न रहेको आरोप लागेका बम दिदीबहिनी पनि मंगलबारै रिहा भएका छन् । सरकारी वकिलको कार्यालयका अनुसार बबितालाई ३० हजार रुपैयाँ धरौटिमा छोडिएको छ भने रोशनीलाई विनाधरौटी छुटेकी छन् । दिदीबहिनीलाई उनीहरुका अभिभावकको जिम्मा लगाइएको छ । 

प्रहरीले निर्मलाको बलात्कार र हत्याको एकमात्र अभियुक्त भन्दै भदौ ४ गते पत्रकार सम्मलेन गरी भिमदत्त नगरपालिका १९ का स्थानीय दिलिपसिंह विष्टलाई सार्वजनिक गरेको थियो । 

विष्टका आफन्त र स्थानीयले उनी मानसिक रुपमा अस्वस्थ रहेको बताएपछि सरकारी वकिलको कार्यालयले उनको स्वास्थ अवस्था जाँच र डीएनए परिक्षणका लागि काठमाडौँ पठाएको थियो । 

स्वास्थ्य परिक्षणपछि गएको शुक्रबार महेन्द्रनगर ल्याइएको विष्टलाई थप अनुन्धानका लागि भन्दै जिल्ला अदालत ५ दिनको म्याद थप गरेको थियो । विष्टको डीएनए रिपोर्ट निर्मलाको भेजाइनल स्वाबमा रहेको डीएनएसँग नमिलेपछि उनलाई अभिभावकको जिम्मा लिगाइएको छ । 

यस घटनाको अनुसन्धान गर्न गठित उच्चस्तरीय छानबिन समितिका सदस्य वीरेन्द्र केसीले सोमबार राजीनामा दिएपछि अब निर्मलाले न्याय पाउने विषयमा आशंका बढेको छ ।

केसीले राजीनामा दिदै बलात्कारपछि हत्या गरिएकी निर्मलाले न्याय पाउन गाह्रो रहेको बताएपछि पुरा देश तरंगित बनेको छ । १५ दिने म्याद सकिएर थप १५ दिन म्याद थपेकै दिन राजीनामा दिएका केसीले निर्मला प्रकरण निक्कै जटिल मोडमा रहेको पनि बताएका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै