• २०८१ बैशाख १२ बुधबार

नाडा अटो शोमा टिभीएसको सुपर प्रिमियम मोटरसाइकलको लन्च, यस्ता छन् विशेषता 

kharibot

काठमाडौँ। दुइपाङ्ग्रे र तिनपाङ्ग्रे सवारी साधनउत्पादनमा टिभीएस विश्वमा नै प्रसिद्ध नाम हो। काठमाडौँको भृकुटीमण्डपमा आजदेखि धुरु भएको नाडा अटो शो २०१८ मा टिभीएसले आफ्नो सुपर प्रिमियम मोटरसाइकल अपाचे आरआर ३१० सार्वजानिक गरेको छ।

टिभीएस मोटर कम्पनीको, टिभीएस अपाचे आर आर ३१०, टि भी एस अपाचे स्टेबलको पछिल्लो प्रस्तुति हो । टिभीएस अपाचे आर आर ३१०, आकर्षक डिजाइन, सुपर शक्तिशाली इन्जिन, सर्वोउत्कृस्ट पर्फर्मेन्स र राइडिड्ड डाइनामिक्सले भरिपूर्ण मोटरसाइकलहो. रेजर सार्प ह्याण्डलिङ्ग र सुपेरियर प्रविधि भएको यो मोटरसाइकल ३६ बर्षको रेसिङ्ग बिरासतको प्रमाणित स्वरुप हो।  

सार्वजनिक कार्यक्रममा बोल्दै टिभीएस मोटर कम्पनीका प्रवक्ताले भने, 'आज टिभीएस मोटर कम्पनीको महत्वपुर्ण बजार, नेपालमा टिभीएस अपाचे आरआर ३१० सार्वजानिक गर्न पाउदा प्रशन्न भएको छु । यो मोटरसाइकल सबै भन्दा उत्कृस्ट र एक्सक्लुसिभ रहेको छ, ३५ बर्षको रेसिंग ट्रयाकको सिकाइ र अनुभवबाट जन्मेको अत्याधुनिक मोटरसाइकल हो ।' 

टिभीएस अपाचे आरआर ३१०, ३१२ सीसी  सिंगल सिलिण्डर, फोर स्ट्रोक, फोर भल्भ, लिक्विड कुल्ड इन्जिनजसले दिन्छ ३४ पीएस २९७०० आरपीएम र २७.३ एनएमआर पीएम।  सटिक रेस शिफ्टको अबुभव गर्न सकिने ६–स्पिड गियर बक्स भएको यो मोटरसाइकलको अधिकतम स्पिड १६० किलोमिटर प्रति घण्टा रहेको छ जसले ०–६० किलोमिटर प्रति घण्टाको स्पिड मात्र २.९ सेकेन्डमा पुरा गर्दछ। एडभान्स एरोडाइनामिक्स प्याकेज  यो सेगमेण्टको मोटर साइकलमाकमै मात्र प्रयोग गरिएको छ।    

टिभिएस रेसिङको ३५ वर्ष लामो निरन्तर परिश्रम पछि टिभिएस अपाची ३१० एक नयाँ स्वरुपका साथ उपस्थित भएको छ । सिधा बाटोमा बाइकको शक्तिको प्रभाह बढाउनको लागी लाइट वेट ट्रेलिस फ्रेम च्यासीस, घुम्तिमा बाइकको गतिमा असर नपर्न फ्लेक्सको प्रयोग गरिएको छ । जसको परिणाम बाइकको गतिशीलतालाई त्यस वर्गहरुमा पर्ने बाइकमध्ये राम्रो बनाउँदछ । यस बाइकमा रिभर्स इन्काइन डिओएचसी इन्धन र एलसीओसी प्रविधिको समीश्रण पाइन्छ । यसको कम्प्याक्ट लेआउटले सहि पावर तो वेट अनुपात र वजन केन्द्रिकरणमा मदत गर्दछ ।

टिभिएस.अपाचीआर आर ३१० निकै आकर्षक र स्पोर्टि डिजाइन देखिने गरि उत्पादन गरिएको छ जसमाउत्कृट कुषलता छ र चलाउदानिकै आरामदाइ बनाउछ । यसमा भएको  थर्मल म्यानेजमेन्ट सिस्टम र स्पेसल गिल प्रोफाइलले चालकको खुट्टामा पर्ने तातोपनालाई बचाउछ र इन्धनको तातोपनालाइ चिसो बनाउन मद्दत गर्दछ । यस बाइकमा  मोटो जीपी विषेशज्ञद्वरा जाँच र ट्युन्ड गरिएको रेस स्पेक केवाइबि सस्पेन्सन जडान गरिएको छ । यस बाइकमा एन्टी लक बार्किंग सिस्टम र इलेक्ट्रोनिक फ्युल इन्जेक्सन सिस्टम एअहेको छ। 

यो मोटरसाइकल रेसिङ रेड र सिनिस्टर ब्ल्याक गरि दुइ आकर्षक रङमा पाइनेछ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै