• २०८१ बैशाख १४ शुक्रबार

चिनीयाँ राष्ट्रपति सी र पुटिनबीच विश्व शान्तिका लागि छलफल

kharibot

भ्लादिभोस्टोक, रूस। चीनका राष्ट्रपति सी चीनपिङ र उहाँका रूसी समकक्षी भ्लादिमिर पुटिनबीच रूसको सुदूरपूर्वी शहर भ्लादिभोस्टोकमा मङ्गलबार भेट भएको छ । 

भेटमा विश्वका शक्तिशाली दुई नेताबीच दुइपक्षीय सम्बन्ध बिस्तार तथा विश्वमा शान्तिको सुरक्षा, र विश्वको आर्थिक तथा राजनीतिक स्थायित्वका बिषयमा कुराकानी भएको बताइएको छ । 

भ्लालिभोस्टोकमा हुने चौँथो ‘इस्टर्न इकोनोमिक फोरम’मा सहभागी हुन रूसी राष्ट्रपति पुटिनको निमन्त्रणामा सी रूस आएका छन् । 

रूसको चीनसँग बढ्दो निकट सम्बन्धको सम्मेलनका अबसरमा भाग लिन रूस पुगेका चिनियाँ राष्ट्रपतिसँगको भेटमा मुक्त कण्ठले प्रशंसा गरे । 

“हामीबीच राजनीतिक, सुरक्षा तथा रक्षा क्षेत्रमा विश्वासिलो सम्बन्ध रहेको छ,” रूसी राष्ट्रपतिले भने । उक्त अवसरमा चीनका राष्ट्रपति सीले दुई मुलुकबीचको मित्रता सधैँ मजबुत रहँदै आएको बताएका छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै