• २०८१ बैशाख ७ शुक्रबार

ब्राजिलियन फुटबलर मार्सेलोलाई स्पेनमा कर छलेको आरोप, ४ महिना जेल र जरिवाना सुनाइयो 

kharibot

काठमाडौँ।  रियल म्याड्रिडबाट खेल्ने ब्राजिलियन फुटबलर मार्सेलोलाई स्पेनमा करछलीको आरोपमा ४ महं को जेल सजाय र ७ लाख ५० हजार युरो जरिवाना गरिएको छ। ३० बर्षिय प्ले मेकर मार्सेलोलाई आन्फो इमेज अधिकार अफसोर कम्पनीलाई दिएको र करछली गरेको आरोप लगाइएको छ। 

स्पेनिस मिडिया इआइ मुन्ड़ोले स्पेनिस कानुन अनुसार पहिलो अपराधका लागि २ बर्षसम्मको जेल सजाय माफ हुने हुनाले मार्सेलो जेल भने बस्नु नपर्ने भएको छ। 

मार्सेलो स्पेनमा करछली प्रकरणमा परेका पहिलो ब्राजिलियन खेलाडी हुन्।  यसअघि अर्जेन्टिनाका लियोनेल मेसी, पोर्चुगलका क्रिस्टियानो रोनाल्डो, पोर्चुगलकै जोसे मोरिन्हो, क्रोसियाका लुका मोड्रीच, अर्जेन्टिनाका जाभियर मस्चेरानो, एन्जेल डि मारिया पनि स्पेनमा करछली प्रकरणमा परेका छन्। 

मार्सेलो करछली प्रकरणमा मंगलबार अदालतमा उपस्थित भएका थिए। उनलाई उरुग्वेको कम्पनिसँग गैरकानुनीरुपमा कारोबार गरेको आरोप लगाइएको थियो। 

स्पेनिस मिडियाले करछली प्रकरणबाट मार्सेलो निस्किन करिब एक मिलियन युरो तिर्नुपर्ने हुनसक्ने बताएका छन्। सन् २००७ मा रियल म्याड्रिड गएका मार्सेलोले रियलकाल आगि ४५० खेल खेलिसकेका छन्। 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै