• २०८१ बैशाख ११ मंगलबार

बाबुद्वारा छोरीको हत्या

kharibot

बाजुरा। स्थानीय त्रिवेणी नगरपालिका–७ मा ४५ वर्षीय धनबहाुदर ऐडीले आफ्नै छोरीको हत्या गरेका छन् । 

ऐडीले पाँच वर्षीया छोरी रबिनाको हत्या गरेको प्रहरी नायब उपरीक्षक सागर बोहोराले जानकारी दिए । हत्या गर्ने बाबु धनबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

घरभन्दा बाहिर करीब २० मिटर पर हत्या गरेको अवस्थामा बालिकाको शव भेटिएको छ । आमा तीज मनाउन त्रिवेणी नगरपालिका–९ स्थित माइतीघर ताम्सुमा गएको अवस्थामा हत्या भएको हुन सक्ने प्रहरीले जनाएको छ । 

प्रहरीको प्रारम्भिक अनुसन्धानअनुसार छोरीको हत्या करीब चार-पाँच दिनअगाडि भएको देखिएको छ । हत्याको कारणबारे अनुसन्धान गर्न प्रहरी टोली घटनास्थ पुगिसकेको प्रमुख नायब उपरीक्षक बोहोले बताए । 

मृतक रबिनाको शवपरीक्षणका लागि जिल्ला अस्पताल मार्तडी ल्याउन लागिएको प्रहरी नायब उपरीक्षक सागर बोहोराले जानकारी दिए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै