• २०८१ बैशाख ७ शुक्रबार

नारायणघाट-मुग्लिन सडकखण्ड १८ घण्टापछि एकतर्फी खुल्यो 

kharibot

काठमाडौँ । नारायणघाट-मुग्लिन सडक खण्डको पहिरोका कारण अवरुद्ध सडक करिब १८ घण्टापछि एकतर्फी  रुपमा  खुलेको छ । नारायणघाट मुग्लिन सडक आयोजनाका अनुसार चार किलोको पहिरो खसेको ठाँउमा साँझ ६:३० बजेबाट एकतर्फी रुपमा सवारी सन्चालन गरिएको छ । 

साथै आयोजनाले ट्राफिक ब्यवस्थापनमा खटिएका ट्राफिक प्रहरी तथा कर्मचारीहरुको निर्देशन पालन गरि आफ्नो पालो अनुसार लेन अनुशासन कायम गरेर यात्रा गर्न आग्रह पनि गरेको छ। सडक अवरुद्ध भएपछि तीजको दर खान काठमाडौँ आउने र काठमाडौँबाट बाहिर जाने हजारौ यात्रु बाटोमै अलपत्र परेका थिए। 

गएराती करिब १ बजे चार किलो डाँडा र जलबिरे क्षेत्रमा खसेको पहिरोको कारण नारायणघाट-मुग्लिङ्ग सडक अवरुद्द हुन पुगेको थियो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै